मेरा युद्धकालिन अनुभव र अनुभुती – सी.पी घिमिरे

सि.पी घिमिरेका क्रान्तिका कुरा

मेरा युद्धकालिन अनुभव र अनुभुती – सी.पी घिमिरे

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१४ चैत्र २०८१, ०९:४४ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१४ चैत्र २०८१, ०९:४४

यस्तो अवस्थाका वृद्धहरूको जोश जागर त्याग प्रतिबद्धता देखि म आफू ५० वर्षे जवानी सम्म पुगेर विजयको झण्डालाई उचाइको शिखरमा पुर्‍याएरै छाड्ने संकल्प गर्दै पार्टी र क्रान्तिलाई आफ्नो रगतले भएपनि सजाउने दिन अठोटका साथ रात बिताए । भोलिपल्ट अर्थात् २०५८ साल पौष १५ गते बिहान जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौडाबाट एकजना अधिकृत नाम थाहा भएन बिहान ८ बजेनै आएर हामि सबैलाई सर्वप्रथम बाहिर निकाली सुरक्षा गार्ड क्वाटरमा लगी बयान लिन सुरु गर्यो । सर्वप्रथम नाम वर्ष ठेगाना बाबु बाजेको नाम र शरीरको तौल लम्बाई चौडाई अनुहारका खत दाग सोधि सकेपछि तपाईंको यो पार्टीमा आस्था छ कि छैन भनी सोधिएको प्रश्नमा मैले माओवादी पार्टीप्रति पूर्ण आस्था र समर्थन छ भनि जवाफ दिएपछि पुन प्रश्न आयो तपाईं यो पार्टीमा कहिलेदेखि लाग्नुभयो कुन पद जिम्मेवारीको काम गर्दै हुनुहुन्छ भनी फेरि प्रश्न तेर्सियो मैले आफ्नो बयान दिने क्रममा म पार्टी प्रतिनिधि पनि हैन र पार्टीको जिम्मेवारीमा कुनै पनि पदमा छैन म त एउटा मानव अधिकारवादी संस्था जनअधिकार मञ्चको जिल्ला सदस्य भएको र मेरो काम अथवा जिम्मेवारी भनेको राष्ट्रिय जनतन्त्रबाट आवाज उठाउने र जनतालाई आफ्नो अधिकारको लागि सचेत गराउने काम मैले जनआन्दोलन मञ्चमा रही गरेको भन्ने खालको जवाफ दिएपछि फेरि प्रश्न आयो तपाईं आत्मा समर्पण गर्ने कि मर्ने प्रश्न आएपछि जवाफमा मैले सेनाको यातनाबाट मृत्यु भएमा मृत्युवरण गर्न पनि तयार छु यदि मरिन भने तपाईँहरूको कानुनले भ्याएसम्म जेल बस्न तयार छु भनेपछि आधा जीवन परिवारसँग बसेर बिताउने भनी दुईवटा विकल्प रोज्ने एउटा विकल्प रोज भनी त्यो अगाडि भरिएको फारम र आत्मसमर्पणको दुईवटा फारम मेरो अगाडि आयो । हामी क्रान्तिकारीहरु यातनाका हरेक दस्तावेजहरूमा सम्झौता गर्नुपर्ने अवस्था आएकोले मैले पालनाको दस्तावेज र आफ्नो भागमा आउने अकाल मृत्यु पत्रमा ल्याप्चे लगाउने आत्मा समर्पण पत्रलाई नहेरी मैले बयान गरेको अकाल मृत्यु पत्रमा सही छाप गरे त्यसपछि मलाई पुन बन्दी कोठामा थुनियो र कमरेड नेपाललाई लगेर त्यसैगरी बयान लियो र १० बजेको समयमा कमरेड समिरलाई पनि त्यसैगरी बयान लिने काम सकेपछि अन्दाजी १२ बजेको समयमा हामी तिनै जनालाई आँखामा कालोपट्टी बाँधेर हामीलाई थाहा पाउन खोज्दा खोज्दै भ्यान रोकियो भ्यान रोकिने बित्तिकै ढोका खुलेको आवाज मात्र के आएको थियो हामीलाई भ्यानबाट थुत्दै भकुर्न सुरु भयो । मलाई लाग्यो हामी निकै ठूलो भोकाएका गिद्ध  र स्यालहरूको बथानमा सिनो बनेर आइपुगेका रहेछौं । हामीलाई त्यही नै अर्धमृत अवस्थामा बनाइसकेको थियो । त्यसपछि अर्को एउटा ठूलो राक्षसको आवाज आयो भने आवाज आउने बित्तिकै गिद्द स्यालहरुले हामीलाई घिसार्दै अन्दाजी ५० मिटरको दुरीमा ३ जनालाई तिनतिर राखी जसरी मङ्सिरको खलमा किसानहरूले कोदो कुट्छन् त्यसरी नै आत्मसमर्पण किन गरिनस् भन्दै निर्ममतापूर्वक भकुर्न थाले कसले कति हाम्रा शरीरका अङ्ग प्रत्याङ्ग हरुबाट कति चोकटा लुछे केही थाहा भएन अर्ध चेतको अवस्थामा थियौं हामि । हामि माथिको प्रहार केहीबेर रोकियो बाँच्ने चाहना भए भन सबथोक हामीले सोधेको सबै भन भनी एउटा नरभंशी पिचास पार्टीका कमरेडहरूको त्यस्तो नाम नेक नाम थर घर सबै सोध्न थाल्यो साझा काम गर्न भनेर घर छाडी हिँडेका सबै थोक त्यागेर आफ्नै परिवारको असीम मायालाई समेत त्यागेर हिँडेका मान्छेहरुलाई मर्नको लागि दुश्मनका साथ लागेर दुश्मनलाई साथ त्याग त्यागेर देखाउन मेरो अन्तर आत्माले मानेन । आफ्नो अमूल्य शरीर भन्दा पनि बढी मूल्यवान काम गर्न हिँडेका र मुक्ति युद्धहरुमा लामबद्ध भएका साथीहरुलाई मार्न लगाउनु भन्दा म एक्लै मर्न राम्रो देखि मैले यो भौतिक शरीरको प्रवाह गरिन र मलाई केही चाहिँदैन म माओवादी भए एक्लै मर्छु अन्य जनालाई बलि चढ्न दिन्न माओवादी हैन भने मलाई केही थाहा छैन के सोच्छौ मसँग मानिसको अन्तरात्माले नसोधीरहेको समयको उदोगतिलाई कुटीकुटी स्वीकार्न लगाउँदा म त्यस्तो व्यवहारमा टिक्दिन मलाई मार्दैमा यो व्यवस्था ठिक छ भने चला गोली मार मलाई यातना नदे भनी कराउन थालेपछि त त्यो राक्षसले त झन् कडा यातना दिने आदेश गर्यो र मलाई उतानो पारेर सुतायो र हात खुट्टा टाउकोमा गरी छ सात जनाले थिचे क्रमश……….

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस