देवरले गरे गुडिया भाउजुको हत्या

भाउजुको हत्या

देवरले गरे गुडिया भाउजुको हत्या

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१४ चैत्र २०८१, ०८:०८ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१४ चैत्र २०८१, ०८:०८

हेटौंडामा आफ्नै देवरले खुकुरी प्रहार गर्दा ३५ वर्षीया भाउजुको हत्या भएको छ । देवरले धारिलो हतियार प्रयोग गरि बुधबार राति ९ बजे हेटौंडा उपमहानगरपालिका १ चौकीटोल घर भएकी गुडिया दासको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक ठाकुर प्रसाद सापकोटाले बताएका हुन् । देवरले खुकुरी प्रहार गरि हत्या गरेको गुडिया घरको दोस्रो तलामा मृत भेटिएकी थिइन् ।

साढे २ तले घरको दोस्रो तलामा कोठाभित्र टाउको चोट लागेको अवस्थामा गुडिया मृत अवस्थामा फेला परेको प्रहरी निरिक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिए ।

घटनामा उनका कान्छा देवर २३ वर्षीय राहुल भनिने रमेश दास संलग्न रहेको आरोपमा प्रहरीले उनलाई हातमा खुकुरी बोकेकै अवस्थामा पक्राउ गरेको छ । राहुलले आफ्नो माइलो दाजु २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी निरिक्षक सापकोटाले जानकारी दिए ।घाइते रूपेशको टाउको, दाहिने हात, करङको भागमा चोट लागेको सापकोटाले बताए । उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

रूपेश घाइते भएको खबर पाएर दासको घर पुगेको प्रहरीले माथिल्लो तलामा महिला मृत अवस्थामा रहेको थाहा पाएको थियो । मृतक गुडियाको श्रीमान् रोशन दास रोजगारीका लागि कतारमा रहेको प्रहरीले जनाएको छ । गुडिया र रोशनका तीन सन्तान रहेका छन् । राहुलले भाउजुको हत्या र दाइ रूपेशमाथि खुकुरी प्रहार गरेको स्वीकार गरेको प्रहरी निरिक्षक सापकोटाले जानकारी दिए । राहुलले आफ्नै भाउजुको हत्या किन गरे भन्ने बिषय अनुसन्धान भैरहेको प्रहरी निरिक्षक सापकोटाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस