कुलमान पुगे सर्वोच्च अदालत सडकमा आन्दोलन यथावत

आन्दोलन यथावत

कुलमान पुगे सर्वोच्च अदालत सडकमा आन्दोलन यथावत

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१३ चैत्र २०८१, ०५:४६ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१३ चैत्र २०८१, ०५:४६

नेपाल सरकारको सोमबार बसेको मन्त्री परिषदको बैठकले नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक हटाउने गरेको निर्णय बिरुद्ध कुलमान घिसिङ आज बेरित पुर्वक आफुलाई हटाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन ।

नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै  सर्वोच्च अदालतमा पुगेका हुन् । सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ । उनले निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएका छन् ।

कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भनी उनले रिट निवेदनमा जिकिर गरेका छन् । उनका प्रतिनिधिले पेश गरेको निवेदन करिब ५ बजेतिर सर्वोच्च अदालतमा पेस भएको छ । सोमबार बसेको मन्त्री परिषदको बैठकले नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक हटाउने निर्णय गरे पनि सरकारका प्रवक्ताले उक्त निर्णय मंगलवार मात्र सार्वजनिक गरेका थिए । सरकारले कुलमान हटाउने निर्णय गरे संगै यति बेला देशभर कुलमानको पक्षमा आन्दोलन भैरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस