सिराहाका सिडियो हटाएर कपिलबस्तुवाट पठाइयो

सिराहाका सिडियो हटाएर कपिलबस्तुवाट पठाइयो

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
८ चैत्र २०८१, ०२:४८ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
८ चैत्र २०८१, ०२:४८

दलितको घर खाली गरेको प्रकरणलाइ लिएर सिरहाका प्रमुख जिल्ला अधिकारीको सरूवा भएको छ ।

सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई सिरहावाट गृह मन्त्रालय, काठमाडौंमा  तानिएको छ ।

गृह मन्त्रालयका अनुसार उनको स्थानमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको छ ।

महायज्ञ गर्न दलित परिवारलाई हटाएको समाचार बाहिरिए पछि उनी बिबादमा परेका थिए । सोही घटनाले संसद देखी मिडियासम्म लामो बहस भएको भोलीपल्ट सो बिषयमा सत्य तथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस