आनन्दरामको निर्देशनमा नेबिसंघले मकवानपुरमा हक जमायो

नेबिसंघले मकवानपुरमा हक जमायो

आनन्दरामको निर्देशनमा नेबिसंघले मकवानपुरमा हक जमायो

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
७ चैत्र २०८१, ०१:२४ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
७ चैत्र २०८१, ०१:२४

“जब राति अनि बुढी ताती” भने जस्तै राजनीतिक गर्नेहरुलाई यो पटक नेपाल विद्यार्थी संघले राम्रो “दनक” दिएको छ मकवानपुरमा । जब जब कुनै पनि दलीय निर्वाचन आउँछ राजनीतिका दलका नेताहरु ‘भागबण्डा’कोटा अथवा आसेपासे सेटल गर्ने दाउमा देखिने गरे पनि यो पटकको स्ववियु निर्वाचनमा भने दलगत मुखियाको व्यक्ति बिशेष मनोकाक्षालाई “चैट’ बनाएको छ ।

जब जब मकवानपुरमा स्ववियु निर्वाचन आउँछ त्यस पछी शुरु हुन्छ नेपालि कांग्रेस निकटको विद्यार्थी संघ नेपाल विद्यार्थी संघको पत्ता कटानी र रिजल्ट आउँछ शुन्य । २०७९ को स्ववियु निर्वाचनमा नेपाल विद्याथी संघ पत्ता साफ भएको थियो मकवानपुरका सबै क्याम्पसमा तर २०८१ को स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघले आफ्नो हुकुमी चलाउन सफल भएको छ । नेविसंघ मकवानपुरमा बलियो शक्ति रहेको प्रमाणित गरेका छन नेबिसंघ मकवानपुर सभापति भिसन ठकुरी र नेविसंघ मकवानपुर बहुमुखी क्याम्पस इकाई सभापति सागर घिमिरे लगायतको टिमले ।

अघिल्लो स्ववियु निर्वाचनमा नेपालि कांग्रेस निकट नेपाल विद्यार्थी संघको आधिकारिकता विवादका कारण नेबिसंघ पत्ता साफ हुन् पुगेको भए पनि यस पटकको स्ववियु निर्वाचनमा भिसन ठकुरी नेतृत्वको समितिनै आधिकारिक भए पछी नेविसंघले सबै क्याम्पसमा आफ्नो प्रभुत्व जमाउन सफल भएको निर्वाचन मतपरिणामले देखाउछ ।

नेतृत्वले जब जिम्मेवारी बहन गर्छ त्यसपछि रिजल्ट पनि पोजेटिभ आउँछ भन्ने गतिलो उदाहरण दिएका छन नेपालि कांग्रेस मकवानपुरका नेता निवर्तमान नगर सभापति आनन्दराम पराजुलीले । २०८१ को स्ववियु निर्वाचनमा नेविसंघलाई मकवानपुरमा स्थापित गर्न पराजुलिनै नायक सावित भए र सबै क्याम्पसमा नेविसंघले आफ्नो गर्विलो उपस्थिति जनाउन सफल भयो । नेबिसंघनै नेपालि कांग्रेसको राजनीतिको सिपाही हो  भन्ने संकल्पका साथ् पराजुलीले नेविसंघलाई स्थापित गर्न मुख्य भूमिका खेलेको र उपलब्धि सोचे अनुसारनै प्राप्त भएको बिद्यार्थी संघ / संगठनका नेताहरुले बताएका छन ।

नेविसंघ भित्रको विवादलाई उत्कर्षमा लगेर बीच बाटो बाट राजनीतिक लाभ लिने केहि स्व-घोषित नेताको कारण नेविसंघ स्ववियुमा सिला खोज्नु पर्ने अवस्थामा पुगेको स्थितिलाई सहज बनाउदै वार्ता छलफल मार्फत नेपालि कांग्रेस मकवानपुरका नेता पराजुलीले एउटा उचाईमा लैजाने काम गरेको नेविसंघ जिल्ला तहका नेताले बताए । मकवानपुरका स्ववियु निर्वाचन हुने अधिकांश क्यामपसहरुमा एक्ला एक्लै लड्नु पर्ने अवस्थामा नेबिसंघ कमजोर रहेको तथ्यलाई आधार मानेर पराजुलीले गठबन्धन मार्फत निर्वाचनमा जाँदा नेविसंघको पहिचान स्थापित हुने परिस्थिति देखे पछी नेकपा एमाले निकट नेताहरु सित छलफल वार्तालाई अगाडी बढाए र फल स्वरुप आज मकवानपुरका अधिकांश क्याम्पसहरुमा गठबन्धन हावी भयो ।

स्ववियु निर्वाचनको लागि उमेद्वार मनोनयन भैसकेको अवस्थामा कांग्रेस नेता पराजुलीले नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीधर पोख्रेल स्ववियु निर्वाचन अन्तर्गत मकवानपुर बहुमुखी क्यामपसमा अनेरास्ववियुको कमाण्ड समालेका नेकपा एमाले उपाध्यक्ष हिदम लामा नेविसंघ जिल्ला सभापति भिसन ठकुरी मकवानपुर इकाई सभापति सागर घिमिरे हेटौडा क्यामपस नेविसंघ नेता युवराज बि.क समेतलाई राखी वार्ता छलफल बाट स्ववियु निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गराए पछी एक्ला एक्लैको रेस बाट सामुहिक प्रतिस्पर्धामा होमिन निर्देशन दिएकै कारण नेविसंघ आज स्ववियुमा हक जमाउने स्थितिमा आएको श्रोतको दावी रहेको छ ।

हेटौंडा क्याम्पसमा सभापतिमा उमेद्वारी दिएका युवराज बि.क लाई समझदारी गराई उक्त कलेजको स्ववियुमा कोषाध्यक्ष सहित स्ववियु सदस्य सेटलमेन्ट गराएका पराजुलीले मकवानपुर क्याम्पसमा स्ववियु सचिव उत्सब ढुंगाना सहित बहुमत सदस्य सेटलमेन्ट गर्दा पराजुलिकै निर्देशनमा मकवानपुर क्याम्पसमा स्ववियु सभापतिको उमेद्वार दिएका नेविसंघ मकवानपुर बहुमुखी क्याम्पस इकाई सभापति सागर घिमिरेले उमेद्वारी निस्क्रिय पारि स्ववियुमा नेविसंघ को गर्विलो उपस्थिति रहने गरि समझदारी गरेका कारण आज मकवानपुरका विभिन्न क्याम्पसमा नेविसंघले प्रतिनिधित्व गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस