काभ्रेमा ससुराको किरिया बस्न जादै गर्दा मोटरसाइकलमा च्यापिएर एकको मृत्यु

काभ्रेमा ससुराको किरिया बस्न जादै गर्दा मोटरसाइकलमा च्यापिएर एकको मृत्यु

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२९ माघ २०८१, ०१:५४ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२९ माघ २०८१, ०१:५४

काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका २ बस्ने भिम प्रसाद गौतमको ह्रदयघातको कारण मृत्यु भए पछी ससुराबाको काज किरियाको लागि हेटौडाबाट काभ्रे जादै गरेकी बुहारी मेनुका गौतमको समेत मृत्यु भएको प्रहरी वृत्त ललितपुर चापागाउँले जानकारी दिएको छ ।

ह्रदयघातको कारण ससुराको मृत्यु भएको खबर पाए पछी मकवानपुरको फापरवारीबाट ललितपुरको गिम्दी हुँदै बेथानचोक जान हिडेकी बुहारी मेनुका गौतमको आफ्नै भतिजाले चलाएको मोटरसाइकलको टायरमा आफुले ओढेको सल बेरीएर मृत्यु भएको हो ।

ससुराबाको ह्रदयघातबाट मृत्यु भएको २४ घण्टा नबित्दै गौतम परिवारमा अर्को बज्रपात परेको स्थानीयले बताए । आफ्नै भतिजा राजेश गौतमले चलाएको बा ६८ प २२०८ नम्वरको मोटरसाईकलमा च्यापिएर ललितपुरको बागमती गाउँपालिका गिम्दिमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक राजेश गौतमलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि प्रहरी वृत्त चापागाउँ ललितपुरमा राखिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस