मकवानपुरको मनहरी गाउँपालिकाले बजेट रकमान्तर गरि लाखौ रकम झ्वाम पार्न खोजेको पाइएको हो ।
गाउँपालिकाले मङ्सिर २० गतेको कार्यपालिका बैठकमा एजेन्डामानै नराखी ५० लाख ९६ हजार रकम रकमान्तर गरि एसियन हाईवे अन्तरगत पर्ने मनहरी गाउँपालिका ९ रजैयामा लगानी गरेको देखिएको हो । एसियन हाईवे अन्तर्गत हेटौडा नारायणगढ सडक खण्ड एडीबी अन्तर्गत बनाउने र हाल संचालनमा रहेको सडकको मध्य भाग वाट दुवै तर्फ २५ मिटर सडक निर्माण गर्ने योजना अनुसार चितवन क्षेत्रको अधिकांश सडक निर्माण गर्दै आएको भए पनि यता मनहरी गाउँपालिकाले स्थानीय बजेट मार्फत २५ मिटर सडक खण्ड भित्रनै अटो तथा म्याजिक पार्क बनाउन लागे पछी सर्वत्र बिरोध भएको छ ।
पालिकाको मङ्सिर २० गतेको कार्यपालिका बैठकमा अटो तथा म्याजिक पार्क बनाउने भनेर कुनै एजेन्डा समेत नराखी सिधै रकामान्तर गरि निर्णय बैकल्पिक मार्गबाट घुसाउने काम गरेको कार्यपालिका सदस्यले बताए उनि भन्छन “अटो तथा म्याजिक पार्क बनाउने भनेर कुनै एजेण्डानै थिएन बैठक सकिए पछी निर्णय टाईप गर्दा निर्णयमा उल्लेख गरेको हो हामीले अटो तथा म्याजिक पार्क बनाउने भनेर निर्णय वेब साइडमा हेरे पछी मात्र थाहा पायौ” एक कार्यपालिका सदस्य भन्छन ५० लाख ९६ हजारको काम त्यो पनि कुनै बोलपत्र आवह्वान समेत नगरी गरिएको छ यो त् नीतिगत भ्रस्टाचार रहेकोले तत्काल अख्तियारले छानबिन गर्नु पर्छ ।

मनहरी गाउँपालिकाले निर्माण गरिरहेको अटो तथा म्याजिक पार्क एसियन हाईवे अन्तर्गत २५ मिटर बाटोमा पर्ने भएको छ स्थानीय सरकारले २५ मिटर बाटो भित्र कुनै संरचना बनाउन नहुने र त्यस्तो स्थानमा स्थानीय सरकारले बजेट हालेर काम गर्दा राज्यको ढुकुटीको चरम दोहन हुने बिज्ञ हरुको भनाई रहेको छ ।
पालिकाले प्रशासकीय भवन निर्माण शिर्षक वाट ५० लाख ९६ हजार रकमान्तर गरि म्याजिक पार्क बनाउने कार्य गरेको भए पनि उक्त बिषयमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुबेदीलाई पटक पटक टेलिफोन गर्दा उनले फोन उठाएनन् भने पालिकाका सुचना अधिकारि राजेन्द्र भट्टराईले उक्त म्याजिक पार्क बनाउन बजेट रकमान्तर भएको काम सुरु पनि भएको तर काम कसले गरेको हो ठेक्कामा काम भएको हो वा उपभोक्ता समिति मार्फत भएको हो आफुलाई केहि जानकारी नभएको बताए ।
स्थानीय भन्छन पालिका अध्यक्ष् रन्जन कालाखेतीको एक्साभेटर टिपर प्रयोग गरेर काम भएको छ सायद अध्यक्ष ज्युले नै यो काम गर्नु भएको होला ? ५० लाख ९६ हजारमा निर्माणाधीन रजैया अटो तथा म्याजिक पार्क निर्माण स्थलमा कुनै पनि सुचना पार्टी समेत नराखी गुप् चुपमै काम गरिनुले पनि “धन देखि पछी भगवानको त्रीनेत्र” भने जस्तै भएको छ ।

एसियन हाईवे अन्तरगत पर्ने २५ मिटर बाटोमा पालिकाले लगानी गरेको ५० लाख ९६ हजार बालुवामा पानि भने जस्तै हुने स्थानीयले गुनासो गरे ।
पालिकाका सुचना अधिकारिका अनुसार उक्त ५० लाख ९६ हजार को कुनै पनि बोलपत्र नखुलेको कारण सायद उक्त काम उपभोक्ता समिति मार्फत भएको हुन् सक्ने बताए पनि उनले कुन उपभोक्ता समिति हो भन्ने आफुलाई समेत जानकारी नभएको बताए ।
पालिकाको सुचना अधिकारि त्यसमा पनि भुक्तानी दिने चेकका हस्ताक्षर् कर्ता भट्टराईलाई समेत निर्माण भएको योजनाको जानाकारिनै नभए पछी उनले कसको इसारामा भुक्तानी गर्छन त्यो भने हेर्न बाकीनै रहेको छ ।

एसियान हाईवे अन्तर्गत पर्ने २५ मिटर बाटोमा स्थानीय सरकारले लाखौ बजेट त्यो पनि हतार हतारमा रकमान्तर गरि कुनै सुचना समेत प्रकाशन नगरी काम गर्नुले उक्त योजनामा पालिका भित्रका जनप्रतिनिधि वा कर्मचारीको मेलेमहत्व सहित स्वार्थ बाझिने काम भएको पाइएको हो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल नियमन तथा अनुसन्धान नगर्ने हो भने राज्यको लाखौ लगानी बालुवामा पानि हुने देखिएको छ ।










प्रतिक्रिया