टिपर दुर्घटनामा एकको मृत्यु ओभरलोडमा किन जादैन ट्राफिकको ध्यान

टिपर दुर्घटनामा एकको मृत्यु ओभरलोडमा किन जादैन ट्राफिकको ध्यान

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२४ माघ २०८१, १०:०४ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२४ माघ २०८१, १०:०४

मकवानपुरमा तिन सिमेन्ट उद्योग रहेको र हाल दुई उद्योग चालु अवस्थामा रहेको खण्डमा सिमेन्ट उद्योगलाई चाहिने कच्चापदार्थ चुन ढुंगा बोक्ने टिपरहरुको ओभरलोडका कारण राजमार्ग प्रयोग गर्ने अन्य सवारी साधन र पैदल यात्रुले दुख पाउने गरेका छन ।

अत्याधिक ओभरलोड बोक्ने टिपरलाई मकवानपुर प्रशासनले कारवाही गर्न नसक्दा दुर्घटनाको जोखिम समेत बढी रहेको पाइएको छ । सवारी साधनले क्षमाता भन्दा दुई गुणा बढी लोड बोक्ने कारणले समेत दुर्घटना बढेको प्राबिधिक हरुले बताएका छन । केहि साता यता मकवानपुरको राक्सिराङ वाट चुन ढुङ्गा बोकेर आउने टिपरहरु अत्याधिक ओभरलोड बोकेर आउने गरेको पाइएको भए पनि उक्त ओभरलोड बोक्ने टिपरलाई प्रहरी चौकी चैनपुर इलाका प्रहरी कार्यालय मनहरी ट्राफिक पोस्ट मनहरी इलाका प्रहरी कार्यालय नेवारपानी अस्थाई प्रहरी पोस्ट लेवाड हुँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर जिल्ला प्रहरी कार्यालय मकवानपुर अस्थाई प्रहरी पोस्ट बसपार्क इलाका प्रहरी कार्यालय पशुपतिनगर हुँदै अन्तिम बिन्दु अस्थाई प्रहरी पोस्ट रातोमाटे सम्मका प्रहरी ट्राफिकले ओभरलोड नादेख्नुले मकवानपुर प्रहरी प्रशासनलाई ढुवानी कर्ताले खातिर दारी गरेको श्रोतको दावी रहेको छ ।

दुर्घटना न्यूनीकरण गर्न भार बहन सवारी साधनलाई ट्राफिक नियम अनुसार कारवाही गर्नु पर्ने मा मकवानपुर ट्राफिक प्रहरीले अत्याधिक ओभरलोड बोक्ने टिपर हरु लाई राम राज्य गर्न छुट दिएको स्थानीयको गुनासो रहेको छ स्थानीय भन्छन हामीले अत्याधिक ओभरलोड बोक्ने टिपरहरु को कारण जोखिम बढेको कारण ओभरलोड न्यूनीकरण गर्न पटक पटक जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई समेत जानकारी गराउदा कुनै सुनुवाई हुन् नसकेको गुनासो स्थानीयले गरेका छन ।

अत्याधिक ओभरलोडको कारण बुधवार हेटौडा १६ मा रहेको शिवम सिमेन्ट उद्योगमा ढुंगा बोकेर आएको आएको टिपर मकवानपुर गढी गाउँपालिका ७ मा दुर्घटना हुँदा टिपर चालकको २६ बर्षका देवेन्द्र लामाको घटना स्थलमै मृत्य भएको हो ओभरलोड बोक्ने टिपरलाई कारवाही गर्न नसक्दा दुर्घटना हुने गरेको पाइएको भए पनि मकवानपुर ट्राफिकले भने ओभरलोड बोक्ने टिपरलाई ट्राफिक नियम अनुसार कारवाही गर्न हिच्किचाउनुले ट्राफिक प्रहरी र ढुवानीकर्ता बीच आर्थिक लेनदेनको गन्ध देखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस