चित्लाङ हुदै चन्द्रागिरी काठमाण्डौं जाने मार्ग एकतर्फी खुल्यो

चित्लाङ हुदै चन्द्रागिरी काठमाण्डौं जाने मार्ग एकतर्फी खुल्यो

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१३ आश्विन २०८१, ०८:३० बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१३ आश्विन २०८१, ०८:३०

शुक्रबार देखि अबरुद्ध रहेको हेटौडा काठमाण्डौं जोड्ने सबै सडक मार्ग मध्य अहिले त्रीभुवन राजपथ हुँदै दामन पालुङ्ग कुन्छाल बज्रबाराही चित्लाङ हुदै चन्द्रागिरीबाट काठमाण्डौ जाने बाटो एक तर्फी रुपमा संचालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी गराएको छ ।

भैसे देखि थाहा नगरपालिका सम्म दिउसै बाट सवारी संचालन गर्ने गरि बाटो किल्यर भएको भए पनि त्रीभुवन राजपथ पूर्ण रुपमा संचालन नभएको अवस्थामा नेपालि सेना नेपाल प्रहरी ससस्त्र प्रहरी स्थानीय को पहलमा चित्लाङ हुदै चन्द्रागिरी जाने मार्गमा देखिएको पहिरो पन्छाउने कार्य भएको र हेटौडा काठमाण्डौं जोड्ने मार्ग बिच्छेद भएको अवस्थामा अहिले सांझ वाट एक तर्फी रुपमा संचालनमा आएको  हो ।

चित्लाङ हुदै चन्द्रागिरी काठमाण्डौं जाने मार्ग आंशिक खुले पछी केहि सहज भएको छ । बिहिबार देखि परेको अविरल बर्षाको कारण हेटौडा फाखेल काठमाण्डौं हेटौडा सिस्नेरी काठमाण्डौं हेटौडा कान्तिलोकपथ काठमाण्डौ सडक पूर्ण रुपमा अबरुद्ध भएको थियो । अहिले त्रीभुवन राजपथ हुदै चित्लाङ हुदै चन्द्रागिरी काठमाण्डौं जाने मार्ग एकतर्फी खुलेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस