ललितपुर जिल्लाको दक्षिण भेगमा रहेको ललितपुरकै कर्णाली भनेर चिनिने महाङ्काल गाउँपालिकाको सदरमुकाम भनेर चिनिने गोटीखेल बजारमा बाढीले बितण्डा मच्चाएको छ ।
अविरल बर्षाको कारण आएको बाढीले गोटीखेल बजार पूर्ण रुपमा डुवानमा परेको गोटीखेल बाट स्थानीय प्रकाश तिमल्सिनाले बताउनु भएको हो । गोटीखेल बजारमा रहेको प्रहरी चौकी बन कार्यालय लगायतका कार्यालय हरु पूर्ण रुपमा डुवानमा परेको छ भने बजारनै बगर भएको तिमल्सिनाले बताए । बजार आसपासमा रहेका स्थानीयको घरमा समेत बाढीले पूर्ण क्षति बनाएको छ । बाढीले त्यस भेगमा रहेको सरकारी कार्यालय लगायतका स्थानीय घरहरु बगाएको हो । निरन्तर परेको पानीको कारण गोटीखेल बजार मानिखेल बजार र बुखेल निक्कै जोखिममा रहेको र सबै जनालाई सुरक्षित रहन पालिकाले अनुरोध गरेको छ भने स्थानीयहरू उद्दारमा खटिएको अवस्था रहेको तिमल्सिनाले जानकारी दिनु भएको छ ।










प्रतिक्रिया