करोडौ घोटला गर्ने सहकारीलाई जिल्ला बचत संघले ऋण दियो

करोडौ घोटला गर्ने सहकारीलाई जिल्ला बचत संघले ऋण दियो

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
९ आश्विन २०८१, ०२:५६ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
९ आश्विन २०८१, ०२:५६

मकवानपुर जिल्ला भित्र रहेका सहकारी संस्थाहरुले बचत कर्ताको रकम अपचलन गरेर राता रात धनि बन्ने योजना बनाए पछी बचत कर्ता चनाखो हुन् थालेको श्रोतको दाबि छ ।

हेटौडा उपमहानगरपालिका भित्र रहेका सहकारी हरुले समेत बचतकर्ताको रकम अनियमितता गरेको तथ्य बाहिरिएको छ ।

हेटौडा उपमहानगरपालिका २ कान्तिराजपथ ओम भबनमा रहेको टिपिकल (विलक्षण) बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ता को रकम अपचलन गरेको बचत कर्ताको रकम फिर्ता नगरेको पाहिएको हो सहकारी संस्था समस्याग्रस्त भएको अवस्थामा समेत जिल्ला बचत संघ मकवानपुरले ऋण प्रवाह गरेको समेत पाहिएको छ । टिपिकल (विलक्षण) बचत तथा ऋण सहकारी संस्थामा कार्यरत ब्यबस्थापक, लेखापाल र २ जना बजार प्रतिनिधि कर्मचारीले सहकारीको रकम हिनामिना गरेको कारण सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको सहकारीका अध्यक्ष अजय अग्रवालले बताउनु भयो अध्यक्ष अग्रवाल भन्छन सहकारीमा कार्यरत कर्मचारीले सहकारीको करोडौ रकम हिनामिना गरे त्यस पछी हामीले बचत कर्ताको बचत रकम फिर्ता गर्न सकेनौ ।

टिपिकल (विलक्षण) बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसके पछी सहकारीको हर हिसाब हेटौडा उपमहानगरपालिका सहकारी शाखा सम्म पुगेको र शाखा प्रमुख हिम प्रसाद पौडेलले सहयोग गरिरहेको अधय्क्ष अग्रवालले बताए ।

जनताको करोडौ रकम हिनामिना गर्ने बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई जिल्ला बचत संघ मकवानपुरले सहकारी समस्यामा हुँदा समेत केहि समय अघि मात्र ३० लाख ऋण प्रवाह गरेको पाहिएको छ बचतकर्ताको करोडौ रकम असुलेर हेटौडा बाट शिब शिखर बचत तथा सहकारी फरार भएको थियो भने यता टिपिकल (विलक्षण) बचत तथा ऋण सहकारीका कर्मचारिलेनै करोडौ रकम हिनामिना गरे पछी बचतकर्ताले बचत रकम फिर्ता पाउन नसकेको गुनासो बचतकर्ताले गर्दै आएका छन ।

बचतकर्ताको बचत रकम फिर्ता गर्न नसकेको सहकारी कर्मचारीले करोडौ रकम हिनामिना गरेको टिपिकल (विलक्षण) बचत तथा ऋण सहकारी संस्थालाई जिल्ला बचत संघले ऋण दिनुले पनि यस कार्यमा बचत संघ प्रति पनि जनगुनासो नागरिकमा देखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस