सुचना लुकाउने आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरलाई आयोगको आदेश

सुचना लुकाउने आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरलाई आयोगको आदेश

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२२ भाद्र २०८१, १०:२३ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२२ भाद्र २०८१, १०:२३

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरले कार्यालयको सुचना लुकाउने गरेको रहस्य बाहिरिएको छ । बेला बेलामा मकवानापुरका संचारकर्मी सित् भेटघाट तथा अन्तरक्रिया कार्यक्रम राखेर कार्यालयको उदेश्य र भएका कामको बिषयमा सामान्य जानकारी गराए पनि कार्यालयको मुख्य मुख्य सुचना लुकाउने गरेको पाहिएको हो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको क्षेत्रमा शुल्क सहितको सेवा दिंदै आएको कार्यलयाले आर्थिक पाटोको सुचना भने लुकाउने गरेको पाहिएको हो । कार्यालयका सुचना अधिकारि बिजय कुमार साह र कार्यालय प्रमुख ललिता पाण्डेले नै सुचना लुकाउने गरेको पाहिएको छ । सुचना लुकाउने मात्र होइन कार्यालय प्रमुख ललिता पाण्डेले आफ्नो कार्यालयमा प्रमुखको कार्यकक्षको दाँया बाँया राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्नु पर्ने मान्यतालाई समेत लत्याउदै राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरलाई बोरामा प्याक गरि स्टोरमा राखेको समेत भेटिएको हो । पाण्डेलाइ यस बिषयमा कुरा गर्दा राख्ने ठाउँको अभाब भएको प्रतिक्रिया जनाईन । लाखौ भाडा राज्यले तिर्ने कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने ठाउँ समेतको अभाबको बहाना कहिले सम्म ?

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय हेटौडा कार्यालय सित् सुचनाको हकका लागि नेपाल पक्ष राष्ट्र रहेको मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र–१९४८, धारा १९, नेपालको संविधान २०७२ को धारा २७, सूचनाको हक सम्बन्धी ऐन २०६४ नियमावली २०६५ र सोको कार्यवधि २०७२ बमोजिमको क्षेत्राधिकार भित्र पर्ने विषय सम्बन्धमा व्यवस्था भए बमोजिम व्यक्तिगत अध्ययन, अनुसन्धान एवं सार्वजनिकीकरणका साथै जानकारी प्रयोजनार्थ सूचनाको प्रमाणित प्रतिलिपि प्रचलित ऐनले तोके बमोजिम उपलब्ध गराईदिनुहुन सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र ७ बमोजिम गत असार ४ गते सुचना अधिकारि बिनोद कुमार साह लाई लिखित सूचना माग गरिएको हो ।

सुचना अधिकारीले सुचना उपलब्ध नगराए पछी असार २५ गते कार्यालय प्रमुख ललिता पाण्डेलाई लिखित जानकारी गराई सुचना लुकाउने कार्यालयका सुचना अधिकारि साहलाई कारवाही गरि माग गरिएको सुचना कानुन सम्बत उपलब्ध गराउन लिखित जानकारी गराउंदा समेत कार्यालय प्रमुख पाण्डेले समेत सुचना नदिने लुकाउने जस्ता कार्य गरेकि थिइन ।

उक्त कार्यालयका सुचना अधिकारि बिजय कुमार साह र कार्यालय प्रमुख ललिता पाण्डे लाई सुचनाको हकसम्बन्धी ऐन को दफा ३२(१) बमोजिम कारवाही गरि पाऊ भनि रास्ट्रीय सुचना आयोगमा साउन ४ गते परेको पुनराबेदन उपर आयोगले भाद्र १७ गते सुचनाको हक सम्बन्धि ऐनको दफा १०(२) बमोजिम सुचना नदिनुको कारण सहित सात दिन भित्र लिखित जबाफ पेश गर्न आयुर्वेद तथा वैकल्पिक चिकित्सालय हेटौडा कार्यालयलाई आदेश भएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय हेटौडा कार्यालय हेटौडाले किन लुकाउँछ सुचना भन्ने बिषय चासो र चर्चाको बिषय बनेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस