महाङ्कालमा राम प्रसादको “रामराज्य”

महाङ्कालमा राम प्रसादको “रामराज्य”

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१५ श्रावण २०८१, ०९:४७ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१५ श्रावण २०८१, ०९:४७

राजु बस्नेत

ललितपुर जिल्लाको दक्षिण भेगमा पर्ने महाङ्काल गाउँपालिका भित्रको अनियमितताले पछिल्लो समय निक्कै चर्चा पाउने गरेको छ । ललितपुरकै कर्णाली समेत भनेर चिनिने महाङ्काल गाउँपालिकाका जनप्रतिनिधि भने कागको फुल चोर्ने सम्म को बाठो रहेको पाहिएको हो । महाङ्काल गाउँपालिका ६ वटा वडा मिलेर गाउँपालिका बनेको र ६ वटै वडामा नेपाली कांग्रेसले वडा अध्यक्ष जिते पछी “के खोज्छस कानु आँखा” भने जस्तै भएको छ गाउँपालिका अध्यक्ष समेत नेपाली कांग्रेस बाट निर्वाचित परे पछी वडा अध्यक्षहरु लाई “सुनमा सुगन्ध”नै  हुनेनै भयो ।

महाङ्काल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्षले त झन् नाताबाद परिवार बाद लाई मात्र च्याप्ने गरेको जनगुनासो व्याप्त रहेको छ १ नम्बर वडा अध्यक्ष राम प्रसाद घिमिरेले स्थानीय तहको बिकाश भन्दा पनि परिवारका मान्छेको नाममा के कति सुबिधा लिन सकिन्छ भन्ने जोड घटाउमै ब्यस्त हुने गरेको प्रमाण बाहिरिएको छ । वडा अध्यक्ष घिमिरेले वडाको बिकाश भन्दा पनि आफ्ना नातेदार र भोट बैंक वाला स्थानीयको फाइदा हुने काम गर्ने गरेको बुखेलका एक स्थानीयले बताए उनि भन्छन “गाउमा रामप्रसादको राम राज्यनै छ” हिजो केहि गर्लानकि भनेर जिताइयो अहिले त कता बाट कमिसन आँउछ वडा अध्यक्ष घिमिरे त्यतै लपक्कै हुने गरेको स्थानीयको आरोप रहेको छ ।

महाङ्काल गाउँपालिका वडा १ वडा अध्यक्षले पदीय दुरुपयोग गर्दै आएको तथ्य समेत बाहिरिएको छ ,गाउँपालिकाले राज्यको ढुकुटी बाट वडा अधय्क्ष घिमिरेको सवारीको लागि मोटरबाईक हेल्मेट समेत किनेर दिएको र पालिका बाट इन्धन खर्च समेत दिने गरेको अवस्थामा पनि यातायात खर्चको नाममा २७ हजार बढी रकम कागज मिलाएर असुली गरेका छन । त्यति मात्र नभई वडा अधय्क्षले स्थानीय तह वाट दिने पशु अनुदान कार्यक्रममा पनि अनियमितता गरेको पाहिएको छ वडा अध्यक्षले पटक पटक अनुदान पाएका एक किसानलाई  पुन पालिकाले वितरण गर्ने पशु अनुदान अन्तरगत भैसी अनुदान पारिदिएका हुन् । पारिवारिक रुपमा सम्पन्न भएका ति व्यक्ति लाइ वडा अध्यक्ष घिमिरेले भैसी समेत अनुदान पारिदिनुले अध्यक्ष घिमिरेको कार्य शैली प्रति पालिका वासीले  बिरोध जनाएका छन ।

महाङ्काल गाउँपालिका १ नम्बर वडा अध्यक्ष महाङ्काल गाउँपालिकाको कत्वनबेशीमा रहेको गोकुल दुग्ध उत्पादक सहकारी सस्थाको अध्यक्ष हुदाँ किसानले पाउने दुग्ध लिटर अनुदानमा समेत हेराफेरी गरि एकाघरका व्यक्तिलाई अनुदान वितरण गरेका थिए । घिमिरेले हुदै नभएको किसानको नाम उल्लेख गरि कागज मिलाई लिटर अनुदान दिएको रहस्य बाहिरिएको छ । बिरालो लाइ नै दुग्ध कुर्न लगायो भने के गर्ला भने जस्तै भएको छ महाङ्काल गाउँपालिकाको १ नम्बर वडा बासीलाई ।

स्थानीय भन्छन वडा अध्यक्ष पनि आफै दुग्ध डेरीका मालिका पनि आफै त्यस पछी राज्यले दिने अनुदान आफ्नालाई नदिए कस्लाई दिनु यो अवसरमा पनि वडा अध्यक्ष घिमिरेले राम्रै च्याखे मारेको स्थानीयले गुनासो गरेका छन । राज्यले असली किसानलाई दिदै आएको दुग्ध लिटर अनुदान अन्तरगत वडा अधय्क्ष घिमिरेले आर्थिक वर्ष २०७८/०७९ को अनुदान वितरणमा आफ्नै घरका परिवारलाई वितरण गरेका छन भने यति मात्र नभएर गाउँमा नभएका जिल्ला छोडेका व्यक्तिको नाममा समेत लिटर अनुदान दिएका छन । अहिले गाउँमा चर्चानै चल्ने गरेको छ जस्ले वडा अध्यक्ष घिमिरेको खातिरदारी गर्छ उसले लिटर अनुदान र भैसी उपहार पाँउछ । वडा अध्यक्ष घिमिरेले राज्यको ढुकुटीको अपचलन गरेर नीतिगत भ्रस्ट्राचार कहिले सम्म गर्लान आम नागरिकको चासो रहेको छ  ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस