ललितपुर जिल्लाको महाङ्काल गाउँपालिकाको बेरुजु मात्र ११ करोड बाइस लाख बढी रहेको महालेखा प्रतिबेदनले उल्लेख गरेको सार्वजनिक भए पछी स्थानीयतहमा जनताको कर बाट उठेको राजश्वमा जनप्रतिनिधि र कर्मचारीको कति सम्म रजाई हुने रहेछ भन्ने पुस्टि भएको छ ।
महाङ्काल गाउँपालिकाको आर्थिक गतिविधिलाई हेर्ने हो भने चरम हेराफेरी भएको पाहिएको छ । पालिकामा ६ वटा वडा रहेका छन र ६ वटामै नेपाली कांगेसले जितेको छ । यति बेला पालिकामा पालिका सरकारका मुली हरु लाइ ‘जहाँ जाला जोगी भातै खाला’ भने जस्तै भएको छ ।

पालिकाले आर्थिक वर्ष २०७९/०८० मा मात्र भ्रमण भत्ता एक्काइस लाख १० हजार छ सय खर्च गरेको पालिकाका सुचना अधिकारि शुरेश न्यौपानेले बताएका छन । पालिकाले एक वर्षमा एक्काइस लाख बढीको भ्रमण कहाँ गर्यो होला भन्ने आम पालिकावासीको चिन्ता र चासोको बिषय बनेको छ । पालिका बाट को कहाँ कुन प्रयोजनको लागि भ्रमण गए पालिका सित् आधिकारिक डाटा नरहेको भ्रमण खर्च नियमावली २०६४ ले कार्यालय बाट कुनै भ्रमण वा गोष्टीमा जादाँ भ्रमण अभिलेख ब्यबस्थित गर्नु पर्ने उल्लेख गरेको भए पनि पालिकाले कुनै पनि अभिलेख ब्यबस्थित नगरी भ्रमणको नाममा सोझै भुक्तानी गरेको महालेखा प्रतिबेदनले उल्लेख गरेको छ । भ्रमण भत्ता बुझेका हरु बाट समेत पालिकाले कुन प्रयोजनको भ्रमण हो भन्ने समेतको लेखाजोखा राख्न सकेको छैन ।
पालिकाले सार्वजनिक खरिद नियमावली लाइ समेत धज्जी उडाउदै मनोपोली तरिकाले कार्यकर्ता रिजाउने जस्ता कार्य गरेको साथै निर्माण कम्पनीले पालिका अन्तरगत गरेका कामको गुणस्तर यकिन नगरी सोझै भुक्तानी दिएको, पालिका भित्र सम्पन्न भएका बिकाश निर्माणको कार्य उपभोक्ता समिति लाइ समेत हस्तान्तरण गर्न सकेको छैन काम सम्पन्न भएको र बजेट निकासा हुदाँ समेत पालिकाले उपभोक्ता समिति लाइ योजाना हस्तान्तरण नगर्नुले पालिकाको बिकाश निर्माण योजनामा समेत कैफियत हुन् सक्ने आशंका उब्जिएको छ ।

पालिकाले पालिका भित्र रहेका सामुदायिक बिद्यालयमा ठुलो रकम खर्च गरेको भए पनि शैक्षिक् गुणस्तर देखि बिद्यालय अनुगमन जस्ता कार्यमा पालिका बेखबर रहेको, शिक्षक् सरुवा बढुवामा समेत पालिका जिम्मेवार हुन् नसकेको प्रतिबेदनमा उल्लेख भएको छ । पालिकाले करारमा कर्मचारी भर्ति गर्दा समेत अनियमितता गरेको, स्थानीय सरकार संचालन ऐन २०७४ दफा ८३(८) मा स्थानीयतहले नगर प्रहरी, सवारी चालक, सयास,माली, चौकीदार, प्लम्बर, बगैचा सफा गर्ने र कार्यालय सहयोगी बाहेक कर्मचारी करारमा राख्न नपाइने ब्यबस्था गरेको भए पनि पालिकाले १७ जना अन्य क्षेत्रका कर्मचारी भर्ति गरि अन्ठाउन्न लाख ८५ हजार बढी रकम अनियमितता गरेको पाहिएको छ ।

पालिकाले ६ जना वडा अध्यक्ष लाइ पालिका बाट १९ लाख असि हजार तिन सय रकम भुक्तानी गरि मोटर साइकल हेल्मेट समेत खरिद गरि दिएकोमा ६ जनानै वडा अध्यक्षले गत आर्थिक बर्षमा यातायात खर्च भनि एक लाख ६६ हजार तिन सय बिस पालिका वाट भुक्तानी लिएको पाहिएको हो महालेखा प्रतिबेदनले उक्त रकम कानुन बिपरित भुक्तानी लिएको ठहर गर्दै असुल गर्नु पर्ने प्रतिबेदनमा उल्लेख गरेको छ । ‘धन देखे पछी भगवानको त्रीनेत्र बल्छ’ भने जस्तै महाङ्काल गाउँपालिकामा पनि जनप्रतिनिधि र कर्मचारीको मिलिभगतमा यस्तै देखिएको छ ।










प्रतिक्रिया