कैलाश गाउँपालिकामा स्वास्थ्यमा पनि अनियमितता

कैलाश गाउँपालिकामा स्वास्थ्यमा पनि अनियमितता

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
६ श्रावण २०८१, १०:५१ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
६ श्रावण २०८१, १०:५१

मकवानपुरको कैलाश गाउँपालिकाले बिभिन्न शिर्षकमा चरम अनियमितता गर्ने गरेको महालेखाको प्रतिबेदनमा उल्लेख गरेको छ ।

कैलाश गाउँपालिकाको हालसम्मको बेरुजु चौध करोड सत्तरी लाख माथि रहेको प्रतिबेदनमा उल्लेख गरेको हो । गाउँपालिकाले गत वर्ष स्टेशनरी समान खरिदमा मात्र एक लाख २८ हजार बढी अनियमितता गरेको छ भने लघु उधम कार्यक्रम शिर्षकमा एक लाख विस हजार बढी अनियमितता गरेको भन्दै उक्त रकम असुल उपर गर्नु पर्ने ठहर गरेको छ । पालिकाले गत बर्ष बिभिन्न शिर्षकमा गाउँपालिका बाट भुक्तानी भएको सात लाख पचास हजार असुल गर्नु पर्ने देखिएको छ पालिकाले बिना प्रमाण बिना कागजात तेइस लाख ३४ हजार भुक्तानी गरि अनियमितता गरेको पाहिएको छ । पालिकाले “धन देखे पछी भगवानको पनि त्रीनेत्र” बल्छ भने जस्तै पालिकाको सुत्रमा लेखांकन नगरी सोझै ८ करोड ३४ लाख भुक्तानी गरेको पाहिएको हो ।

पर्याप्त कर्मचारी भर्ति गरेको कैलाश गाउँपालिकाले बैक मौजाद हिसाबमा पनि हेराफेरी गरेको प्रतिबेदनले औल्याएको छ, पालिकाले ऐन कानुन बिपरित कर्मचारी नियुक्ति गरि १ करोड २ लाख बढी रकम अनियमितता गरेको प्रतिबेदनले उल्लेख गरेको छ । स्थानीय सरकार संचालन ऐन २०७४को दफा ७४(२) अनुसार सार्वजनिक खरिदा ऐन बनाउनु पर्ने कानुनमै उल्लेख भए पनि गाउँपालिकाले कानुन बिपरित कार्य गर्दै आएको पाहिएको हो पालिकाले उपकरण खरिद तथा पशुपन्छी अनुदानमा समेत अनियमितता गरेको छ पालिकाले आफु स्थानीय सरकार भएको झल्को मेटाउन सघिय सरकार अन्तरगत रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुर लाइ इन्धन बापतको बहत्तर हजार सात सय ७८ रुपयाँ भुक्तानी गरेको छ भुक्तानी गर्दा पालिकाले कुनै बिल भर्पाइ समेत नराखी भुक्तानी सोझै गर्नुले जिल्ला प्रशासनको नाम उल्लेख गरि पालिकाका जनप्रतिनिधि वा कर्मचारीले अनियमितता गरेको हुन सक्ने आशाका समेत गरिएको छ ।

पालिकाले डार्क वेभ मिडिया प्रा.लि लाइ दिएको भुक्तानीमा समेत अनियमितता गरेको उल्लेख भएको छ, यति सम्मकी कैलाश गाउँपालिकाले इन्धनमा मात्र पचपन्न लाख २५ हजार बढी भुक्तानी गरेको पाहिएको छ जनताको करमा पालिकाको सयर रजाइँ कहिले सम्म भन्ने प्रश्न उठेको हो ।

नियम बिपरितनै पालिका प्रमुख अशोक विष्टले हावाई टिकट शिर्षकमा गाउँपालिका वाट पैतीस हजार समेत एकै दिन बुझेका छन, विष्ट अहिले ललितपुर जिल्लाको महांकाल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहेका छन । पालिकाले पालिका भित्र पर्खाल लगाउने कार्यमा चौबिस लाख बढी अनियमितता गरेको पाहिएको छ । “लुटको धन फुपुको श्राद्ध” भने जस्तै पालिकाले पालिकाका कर्मचारी प्रकाश राइ लाइ बिल भर्पाइ बिनानै एक लाख ५० हजार भुक्तानी गरेको छ । पालिकाले आम जनताको स्वास्थ्य सित् सरोकार राख्ने औषधीमा समेत अनियमितता गर्ने गरेको  पाहिएको हो पालिकाले औषधी खरिदमा मात्र पचपन्न लाख ६९ हजार बढी अनियमितता गरेको प्रतिबेदनमा उल्लेख भएको छ । पालिकामा वाल मैत्री स्थानीय शासन कार्यक्रममा समेत डबल भत्ता बुझी अनियमितता गरेको देखिएको छ कैलाश गाउँपालिकाले जनताको कर बाट उठेको राजस्वमा कहिले सम्म गर्ला रजाइँ आम नागरिकको चासो र चिन्ताको बिषय बनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस