हेटौडा उपमहानगरपालिका ४ मा रहेको बासुदेब सभागृह भत्काएर सुबिधा सम्पन्न बासुदेब स्मृति ब्यबसायिक भवन निर्माण गर्ने हेटौडा उपमहानगरपालिकाको योजना निर्माण कम्पनीको अकर्मन्यताका कारण बेबारिसे जस्तै बनेको छ ।
बासुदेब सभागृह भत्काएर सुबिधा सम्पन्न व्याबसायिका भवन बनाउन हेटौडा उपमहानगरपालिकाले टेन्डर आयोजना गरेको थियो उक्त टेन्डर वानियाँ/लामा/रसुवा जेभीले ४७ करोड त्रियानब्बे लाख बहत्तर हजार सडतिस रूपयाँमा टेन्डर परेको थियो ।
सुरुवाती क्रममा बासुदेब सभागृह भत्काएर तिब्र गतिमा निर्माण कार्य गर्ने तयारि गरेको निर्माण कम्पनीले हेटौडा उपमहानगरपालिका बाट मोबिलाइजेशन पेश्की बापत २ करोड दश लाख रकम निर्माण कम्पनिले लिए पछी उक्त भवन निर्माणको कार्य स्थगित गरेको थियो । निर्माण कम्पनीले २०७८ मसिर २० गते सुबिधा सम्पन्न ब्यबसायिक भवन बनाउने सम्झौता गरेको थियो भने २०८१ पौष २१ गते भवन सम्पन्न गर्ने सम्झौता पत्रमा उल्लेख गरेको थियो ।

भवन सम्पन्न गर्ने मिती नजिकदै गर्दा निर्माण कम्पनीले कुनै पनि काम सुरुवातनै गरेको छैन मोबिलाइजेशन रकम निकासा भए पछी निर्माण कम्पनीले कामनै बन्द गरेको छ । राज्यको ढुकुटी बाट कामै नगरी २ करोड दश लाख भुक्तानी हुदाँ समेत हेटौडा उपमहानगरपालिका बाट आवश्यक कारवाही हुन् सकेको छैन । निर्माण कम्पनीले उक्त ब्यबसायिक भवन नबनाउने मोबिलाइजेशनको रुपमा लिएको २ करोड दश लाख फिर्ता नगर्ने र निर्माण कम्पनीले निर्माण पुर्व राखेको आफ्नो धरौटी रकम समेत फिर्ता पाउनु पर्ने माग सहितको पत्र हेटौडा उपमहानगरपालिकामा पेश गरेको नगरपालिका श्रोतले जनाएको छ । काम पनि नगर्ने अनि धरौटी रकम पनि फिर्ता माग्ने निर्माण कम्पनि लाइ उपमहानगरपालिका का केहि जनप्रतिनिधिको समेत साथ रहेको श्रोतको दाबि छ ।

भवन निर्माण सम्झौता गर्दा निर्माण कम्पनीको तर्फ बाट लामा/रसुवा जेभी बाट ऋषिराज बानियाँ र बानियाँ निर्माण सेवाको तर्फ बाट अनिल थापा क्षेत्रीले हस्ताक्षर गरेका थिए । निर्माण कम्पनिले मोबिलाइजेशन बापत ठुलो रकम भुक्तानी लगेको बर्षौ हुदाँ समेत काम नगरे पछी निर्माण कम्पनिलाइ तत्काल कार्य सुरु गर्न हेटौडा उपमहानगरपालिकाले हाल सम्म ७ पटक पत्राचार गरि सकेको भए पनि निर्माण कम्पनीले काम भने सुरु गरेको छैन । मोबिलाइजेसन रकम पनि लाने निर्माणको काम पनि नगर्ने भन्दै जनस्तर बाट बिरोध हुन् थालेको भए पनि बानियाँ/लामा/रसुवा जेभीले कुनै प्रतिक्रिया दिएको छैन । यहि मसिर २१ गते सम्म निर्माण कम्पनीको समय रहेको र उक्त मिति सम्म काम सम्पन्न नगरे उपमहानगरपालिकाले कानुन बमोजिम गर्ने चेतावनी निर्माण कम्पनिलाई दिदै आएको नगरपालिका श्रोतले बताएको छ ।

हेटौडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नबिन सिग्देलले सामाजिक संजाल मार्फत निर्माण कम्पनि लाइ बासुदेब सभागृहमा बन्ने भनिएको ब्यबसायिक भवन अलपत्र पारिएकोमा चिन्ता ब्यक्त गरेका छन उनले भनेका छन “अघिल्लो मेयरको पालामा निर्माण गर्ने भनि सम्झौता भएको हेटौडा उपहानगरको गौरबको योजना साईड किल्यर हुदाँ समेत निर्माण कम्पनीले मोबिलाइजेशन रकम लगेर कामनै नगरी थप क्षतिपुर्ती मागदाबी गरि रहेको भन्दै चिन्ता ब्यक्त गरेका हुन्” निर्माण कम्पनीले उपमहानगरको गौरबको योजना लाइ अलपत्र पार्ने, कामनै नगरी मोबिलाइजेशन बापतको ठुलो रकम भुक्तानी लाने जस्ता कार्य प्रति सरोकारवाला सबैले गम्भीर भएर खबरदारी गर्न अध्यक्ष् सिग्देलले आव्हान गरेका छन । हेटौडा उपमहानगरपालिकाको गौरबको योजना रहेको बासुदेब स्मृति ब्यबसायिक भवन निर्माण कम्पनि बानियाँ/लामा /रसुवा जेभीले अलपत्र छोड्ने कार्य प्रति उपमहानगरपालिकाको कहिले जाला ध्यान ।










प्रतिक्रिया