मकवानपुरको बागमती गाउँपालिकामा चरम अनियमितता भएको पाहिएको छ । आर्थिक बर्ष २०७९/०८० मा मात्र बागमती गाउँपालिकामा तिन करोड बढी अनियमितता भएको देखिएको छ ।
गाउँपालिकाले गत आर्थिक बर्षमा कर्मचारी नियुक्ति, औषधी खरिद,सवारी साधन खरिद,अनुदान वितरण,ल्याबटप खरिद प्रिन्टर खरिद, फर्निचर सामाग्री खरिद मसलन्द, योजना फर्छ्योट बिल भरपाई लगायतमा गाउँपालिकाले अनियमितता गरेको पाहिएको छ । पालिकाले पालिकामा रहेकोहेभी इक्युमेंट संचालनको नाममा भएको खर्च विवरण समेत यकिन नदेखाई अनियमितता गरेको छ ।
बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान र प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानको मिलेमहत्वमा पालिकामा अनियमितता हुने गरेको जनप्रतिनिलेनै आरोप लगाउदै आएका छन । पालिकामा कार्यरत एक कर्मचारी भन्छन हाम्रो पालिकामा अध्यक्ष र निमित्त हाकिमको हालिमुहालिनै छ । पालिकालाइ चाहिने भन्दा पनि अनाबश्यक सामान किनेर कमिसनमा लाग्ने गरेको समेत जनप्रतिनिधिले आरोप लगाए । कहिले निर्णय भयो के गर्ने निर्णय भयो केहि थाहा हुन् यति मात्र होइन बजेट टुक्रा पारेर कार्यकर्ता रिजाउने कार्य समेत अध्यक्ष घलान र निमित्त हाकिम झम्कको दैनिकी जस्तै बनेको आरोप समेत लाग्ने गरेको छ ।

बागमती गाउँपालिकामा बिगत सात बर्ष देखिनै अध्यक्ष रहेका सर्केश घलानले पालिकामा अनियमितता गर्ने गरेको असार १० गते हेटौडामा भएको पत्रकार सम्मेलनमा पालिकाका जनप्रतिनिधिलेनै सार्वजनिक गरेका थिए । जनताको करमा सर्वहारा बर्गको नेताकै अनियमितताले पालिका को बिकाश कहिले हुन्छ भनेर आवाज उठ्ने गरेको छ । बागमती गाउँपालिकामा एकै आर्थिक बर्षमा तिन करोड पच्चीस लाख अनियमितता गर्ने अध्यक्ष् र निमित्त हाकिम मात्र हुनकी अन्यले समेत चाख्न पाएका छन भन्ने बिषयले पनि पालिका भित्र गाइगुइ चल्न थालेको छ ।
तिन करोड पच्चीस लाख अनियमितता हुदाँ तिन लाखको मात्र हिसाब पालिकाले बुझाएको छ । पालिकाको हिसाब बाट तिन करोड २२ लाख अनियमितता हुदाँ कस्को भागमा कति हिस्सा पर्यो त अध्यक्ष ज्यु आम नागिरकको चासोको बिषय बनेको छ । पालिकामा रहेको हेभी इक्युमेंट प्रयोग गरे बापतको हिसाबको लेखा जोखामा समेत अनियमितता भएको महालेखाको प्रतिबेदनमा उल्लेख भएको छ ।










प्रतिक्रिया