हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने निर्णयप्रति तरुणदलको आपत्ति

हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने निर्णयप्रति तरुणदलको आपत्ति

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
३० बैशाख २०८१, ०८:२३ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
३० बैशाख २०८१, ०८:२३

हेटौंडा अस्पताललाई वाग्मती प्रदेश सरकारअन्तर्गत् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने विषयमा विज्ञप्ति मार्फत नेपाल तरुण दलले  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल तरुण दल जिल्ला अध्यक्ष लिलाराज सापकोटा (सन्तोष) र तरुण केन्द्रीय सदस्य गुरुप्रसाद दाहाल (गोपी) ले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै स्थानीय तथा प्रदेश सरकारको गठन भएसँगै ‘रिफर सेन्टर’को रुपमा रहेको हेटौंडा अस्पतालको सेवामा केही परिवर्तन भइरहेको अवस्थामा प्रदेश सरकारले एक्कासी हेटौंडा अस्पतालको इतिहास मेटाउने गरी प्रतिष्ठानमा विलय गराउने तयारीप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने निर्णयप्रति तरुणदलको आपत्ति संगै तरुणदलले जनता लाइ दुख दिने गरि प्रदेश सरकारले कुनै पनि कार्य गर्छ भने त्यो क्ष्यम्य नहुने जनाएको छ ।

राज्यको ठूलो सम्पत्ति, आफ्नै अस्तित्व र गरिमा रहेको तथा दैनिक २ हजारभन्दा बढी नागरिकले उपचार सेवा पाइरहेको हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने र अस्तित्व नै नामेट पार्ने गरी भइरहेको गतिविधिको हामी घोर भर्त्सना गर्दछौं ।’, विज्ञप्तिमा उल्लेख छ ।

हेटौंडा अस्पतालको भौतिक संरचना र अस्तित्वलाई कायम राख्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै छुट्टै संरचना निर्माण गरी हेटौंडामै सर्वसुलभरुपमा चिकित्सा शिक्षा पढाउने वातावरण निर्माण गर्न तरुण दल आवश्यक सहयोग गर्ने विज्ञप्तिमार्फत् प्रतिबद्धता समेत जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस