
मिलन बन्जारा
बागमती प्रदेश मातहतमा रहेको सरकारी अस्पताल भक्तपुर अस्पतालमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ लाइ स्वागत गर्ने तामझामका कारण अस्पतालमा सेवा लिन आएका सयौ बिरामीले सास्ती भोग्नु परेको छ ।
भक्तपुर अस्पतालको नयाँ भवन उदघाटन गर्न अस्पताल पुगेका मन्त्री श्रेष्ठ लाइ स्वागत गर्न अस्पताल व्यवास्थापन समितिले बाजागाजा सहित निक्कै तामझाम गरेको थियो ।अस्पताल परिसरमा उपचारका लागि आएका सयौ बिरामीले समयमै उपचार गर्न नपाइ घर फर्कन बाध्य भएका थिए ।
मन्त्री श्रेष्ठ लाइ खुशी पार्ने बहानामा अस्पताल ब्यबस्थापन पक्षले अस्पतालको ओ.पी डी सेवानै बन्द गरि राम–रमितामा लागेको सेवा लिन आएका बिरामीको गुनासो रहेको छ ।अस्पतालको भवन उदघाटन गर्ने बहानामा सयौ बिरामीको स्वास्थ्यमानै असर पर्ने कार्य प्रति स्थानीयले गुनासो गरेका छन । टाडा टाडा बाट उपचारमा आएका बिरामीले मंत्री रिजाउँन ब्यबस्थापन पक्षले गरेको बाजा गाजा सहितको रमिता हेरेर चित्त बुझाउन बाध्य भएका थिए ।

बागमती प्रदेश सरकारले बैशाख २४ गते प्रदेश भरि सार्वजनिक बिदा दिएको र आज पनि अस्पतालमा सेवा बन्द भएका कारण सेवा लिन आएका हरुले निक्कै सास्ती भोग्नु परेको थियो । अस्पताल जस्तो संबेदनशिल सस्थामा समेत राम-रमिताको कारण सेवानै बन्द गर्नु उचित नभएको स्थानीय नरेन्द्र मलेखुले बताए ।उनि भन्छन हिजो पनि अस्पतालमा बिरामीले सेवा लिन पाएनन् आज त् झन् अस्पतालमा बाजागाजा सहितको रमिताले बिरामी हरु उपचारनै नपाइ घर फर्कन बाध्य भए ।
रमिताको नाममा नागरिकाले कहिले सम्म सास्ति भोग्नु पर्ने हो ? अस्पताल ब्यबस्थापन समितिले अस्पताल बन्द हुने कुनै पनि सुचना प्रकाशन नगरी एक्कासि अस्पतालमा सेवानै बन्द गरि भावना उदघाटनको रमिता देखाएको बिरामीको आरोप रहेको छ ।भक्तपुर अस्पतालको यस्तो लापरवाही कहिले सम्म आम नागरिकको चासो रहेको छ ।










प्रतिक्रिया