तरुणको केन्द्रीय भवन बनाउन गोपी दाहालद्वारा २ लाख सहयोग

तरुणको केन्द्रीय भवन बनाउन गोपी दाहालद्वारा २ लाख सहयोग

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
५ बैशाख २०८१, ०७:३८ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
५ बैशाख २०८१, ०७:३८

नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण केन्द्रीय सदस्य गुरुप्रसाद दाहाल गोपीले २ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग गरेका छन् ।

मकवानपुरबाट तरुण दलको केन्द्रीय सदस्य रहेका दाहालले भवन निर्माणका लागि उक्त रकम सहयोग गरेका हुन् । उनले गरेको सहयोग प्राप्त भएको तरुण केन्द्रीय अध्यक्ष बिद्वान गुरुङले सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक समेत गरेका छन् ।

तरुण दलको केन्द्रीय कार्यसमिति बैठकले तरुण दलको भवन बनाउने निर्णय गरेबमोजिम सोही निर्णयलाई सार्थकता दिन नगद सहयोग गरिएको दाहालले बताए ।

तरुण दलको चैत्र १५ र १६ गते बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयको कार्यान्वयनका लागि मैले मेरो तर्फबाट २ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग गरेको हुँु, सहयोगी केन्द्रीय सदस्य दाहालले भने, ुआफ्नै कार्यालय भवन निर्माणमा सकेको सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ सहयोग गरेको हुँ । आगामी दिनमा पनि सकेको सहयोग जारी रहनेछ ।ु निर्माण व्यवसायमा समेत आवद्ध दाहाल कांग्रेसको क्षेत्रीय सदस्य समेत रहेका छन् ।भवन निर्माणका लागि आवश्यक सहयोग जुट्ने क्रम जारी रहेको केन्द्रीय समिति अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस