सह-महामन्त्रीले गरिन बकैयामा दुईदिने स्वास्थ्य शिविरको उद्धघाटन

सह-महामन्त्रीले गरिन बकैयामा दुईदिने स्वास्थ्य शिविरको उद्धघाटन

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२३ चैत्र २०८०, ०९:२० बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२३ चैत्र २०८०, ०९:२०

मकवानपुरको बकैया गाउँपालिकामा  दुई दिने बृहत स्वास्थ्य शिविरको  उद्धघाटन भएको छ ।बकैया गाउँपालिका वडा नम्बर ४ गरगरेमा बि।पि चिन्तन प्रतिष्ठान केन्द्रिय कार्यालय काठमाडौद्वारा आयोजित  निशुल्क स्वास्थ्य शिविरको शुक्रबार एक कार्यक्रमका बीच उद्धघाटन भएको हो।

बकैया गाउँपालिका मकवानपुर स्थानीय आयोजक रहेको कार्यक्रममा नेपाल परिवार नियोजन संघ मकवानपुर शाखा र हेटौंडा -२ स्थित निको अस्पताल प्रालिको प्राविधिक सहयोग रहेको थियो ।

स्वास्थ्य शिविर  उद्घाटन कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको सभाध्यक्षता तथा   संविधान सभा सदस्य एवं नेपाली काङ्ग्रेस केन्द्रिय सहमहामन्त्री  महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यता रहेको थियो।

दुई दिने बृहत स्वास्थ्य शिविरमा डाक्टर नरेन्द्र मैनाली , डा।अमृत घिमिरे,डा.पवित्रा श्रेष्ठ,डा.बलराम विष्ट,डा.गौरव पन्थ, डा. विवेक नेपाल, डा.लुना गौतम, डा.राजेम श्रेष्ठ र  डा. सपना घिमिरे लगायतका  विशेषज्ञ  डाक्टरहरुद्वारा सबै किमिसमा रोगको उपचार गरिने छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि  उपाध्यायले लिभर, मिर्गौला र क्यान्सरका बिरामी बढ्दै गएकोले राज्यको हरेक तहले निस्शुल्क उपचारको व्यवस्था गर्नु पर्ने बताउनुभयो । राज्यले दीर्घ रोगीलाई उपचारमा सेवा सुविधा  दिदै आएको बताउदै राज्यले दिने सुबिधा बारे ज्ञान नभएको कारण जनता माग्ने हुनुपरेको बताउनुभयो  ।उहाँले  जनप्रतिनिधिले जनतालाई राज्यको सेवासुबिधा प्रति  जनाखो बनाउनु पर्नेमा जोड दिनुभयो  । उहाले भन्नु भयो मा सधै जनताको पक्षमा छु केहि सुकिला मुकिलाले खेल खेलेर मलाइ गाउँका जनता सित् टाडा बनाउन खोजे पनि मा सधै यहि गाउका जनता संग नै हुने छु !

बिपि प्रतिष्ठानले सुरु गरेको  शिविरलाई  अझै दुर्गम भेगहरुमा पुर्याउन र  सेवा गर्न आफुले  सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । जनताको पक्षमा सधै उभिएर निष्ठाका साथ काम गरिरहने प्रतिबद्धता समेत  गर्नुभयो ।

कार्यक्रममा बिपि चिन्तन प्रतिष्ठान केन्द्रिय कोषाध्यक्ष एवं स्वास्थ्य शिविर संयोजक धुर्व बहादुर पाण्डे, गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री, नेपाली काङ्ग्रेस पुर्व सभापति रघुरमण न्यौपाने,बकैया गाउँपालिका निवर्तमान अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे,नेकपा माओवादी जिल्ला कमिटी सदस्य लोकनाथ गौतम,नेकपा एमाले अध्यक्ष गोपाल दाहाल, नेपाली काङ्ग्रेस मकवानपुरका युवा नेता आनन्दराम पराजुली ,बिपि चिन्तनका सम्पुर्ण सदस्यहरु, गाउँपालिकाका स्वास्थ्यकर्मीहरु लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस