
चैत १५ बाट मुलुकभर चलिरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) प्राबिधिक शिक्षा अध्यान बाहेकका बिद्यालयमा आज बाट सकिदै छ । प्राबिधिक शिक्षा अध्यान गर्ने हरुको चैत २७ गतेसम्म सञ्चालन हुने परीक्षामा पाँच लाख चार हजार ४१४ जना विद्यार्थीले सहभागिता जनाएका छन् । परीक्षा संचालन भएका केन्द्र बाहिर विभिन्न शैक्षिक संस्थाका संचालक/कर्मचारी तथा प्रतिनिधिहरु पर्चा बाँडिरहेको देखिन्छ ।
उनीहरुले ‘ब्रिज कोर्स’ को पर्चा बाँडेका हुन् । एसईई सकिएपछि सबै विद्यार्थी फुर्सदिला हुन्छन् । अधिकांश विद्यार्थीमा परीक्षा सकाएपछि नतिजा नआउँदासम्मको समयलाई कसरी सदुपयोग गर्ने ? भनी द्विविधा हुन्छ । यस्तो अवस्थामा विद्यार्थीलाई आफ्नो इन्सिच्युट भाषा शिक्षा तयारी कक्षामा आकर्षित गर्न ति गेट ढुकेर पर्चा बाड्ने हरुले न्वारन देखिको जुक्ति लगाई रहेका हुन्छन ।
कोही कम्प्युटर सिक्न जान्छन् त अन्य ब्रिज कोर्स पढ्न । पछिल्लो समय ब्रिज कोर्स पढ्ने विद्यार्थीको संख्या बढ्दो छ । एसईईपछिको समय ब्रिज कोर्समा बिताउनुको साटो विद्यार्थीहरुले अन्य व्यावहारिक वा सिपयुक्त ज्ञान लिन वा सिक्न आवश्यक रहेको शिक्षाविद्हरुको भनाइ छ । ब्रिज कोर्सका लागि ट्युसन सेन्टर जाने र पढाइलाई प्राथमिकता नदिने प्रवृत्ति विद्यार्थीहरुमा बढ्दै गएको पाइएको छ ।
ब्रिज कोर्सको नाममा चर्को शुल्क लिने क्रम पनि बढिरहेको पाइन्छ । यसका लागि सहर बजारमा अनगिन्ती इन्स्टिच्युट खुलेका छन् । ती इन्स्टिच्युटको कोर्षका गुणस्तरबारे कसैले पनि चासो देखाएका छैनन् ।त्यति मात्र होइन ति इन्स्टिच्युट दर्ता छन् कि छैनन् , नबिकरण छन् कि छैनन , राज्यलाई कर तिर्छन कि तिर्दैनन भनेर खासै चासो दिने निकाय सक्रिय रहेको पाहिदैनन ।कास्कीको पोखरा महानगरपालिकाले ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाएको छ । महानगरपालिकाले गत वर्षदेखि यस्तो कक्षा सञ्चालनमा रोक लगाएको थियो । यसका नाममा मोटो रकम असुलिएको गुनासोपछि महानगरले यस्ता कक्षा सञ्चालनमा प्रतिबन्ध लगाएको हो ।
पोखरा महानगरले यसरि प्रतिबन्ध लगाउदा हेटौडा उपमहानगरले भने न अनुगमन नै गर्न सकेको छ न नियमननै । हेटौडाका केहि शिक्षा जानकारले पछिल्लो समय ब्रिज कोर्स आवश्यकता नभई फेसन बन्दै गएको बताउँछन् । एसईईपछिको समय विद्यार्थीले ब्रिज कोर्स अध्ययनमा बिताउनुको साटो सीपयुक्त तालिमहरु लिनुपर्नेमा उनी पनि सहमत छन् । ‘जसरी कक्षा १० सम्म अध्ययन भएको हुन्छ । त्यसरी नै कक्षा ११ र १२ मा पनि अध्ययन हुने हो । तर, केही वर्षयता कक्षा ११ मा भर्ना हुन गाह्रो हुने र त्यससम्बन्धी जानकारी दिने नाममा ब्रिज कोर्स सञ्चालन गरिएको छ । अहिले यो फेसन नै भएको छ । एसईई सकिएपछि नचाहँदा नचाहँदै पनि कतिपय विद्यार्थी ब्रिज कोर्स पढ्न बाध्य भएका छन् भने कतिपय अभिभावक पढाउन ।’
ब्रिज कोर्सको नाममा इन्स्टिच्युटहरुले चर्को शुल्क लिएर ठगेको पाहिएको छ । हेटौडामा च्याउ उम्रे सरि शैक्षिक् परामर्श केन्द्र भाषा शिक्षा तयारी कक्षा ट्युसन सेन्टर इन्स्टिच्युट लगायतका विभिन्न नाममा यस्ता सस्था हरु संचालन भएको पाहिन्छ तर कसले के बिषय अध्यान गराउने अनुमति लिएको छ ? कसले कति शुल्क लिएको छ ? शुल्क निर्धारण कसले गरेको हो यो बिषयमा हेटौडा उपमहानगर बेखबर नै देखिएको छ ! ब्रिज कोर्स को नाममा भ्रामक प्रचार गरेर असुली गर्ने लाइ कहिले होला कारवाही कसले गर्ने अनुगमन को हो जबाफदेही को हो जिम्मेवार निकाय आम नागरिकको प्रश्न रहेको छ !










प्रतिक्रिया