हेटौंडा उपमहानगरपालिकाको बसामाडीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

हेटौंडा उपमहानगरपालिकाको बसामाडीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२७ असार २०७८, १०:२९ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२७ असार २०७८, १०:२९

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३, बसामाडीमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जना युवकको मृत्यु भएको छ ।

गएराती हेटौंडाबाट बस्तीपुरतर्फ गइरहेको ०३-००३ प ७२१४ नम्बरको मोटरसाइकल बसामाडीमा सडक निर्माणका लागि डिभिजन सडक कार्यालयले थुपारेको ढुंगामा ठोकिएर अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनामा मनहरी गाउँपालिका ३ का ३२ बर्षीय कृष्णहरी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका उनको हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस