बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तरगत रहेको स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रमा हाजिर भए देखि विवादित बन्दै आएका निर्देशक अर्जुन सापकोटामाथि थप छानबिन तथा कारवाही हुनु पर्ने माग सहित अख्तियारमा उजुरी परेको अख्तियार स्रोतले जानकारी दिएको छ ।
आपूर्ति केन्द्रमा हाजिर भए देखि स्वास्थ्य उपकरण, औषधि खरिदलगायत क्षेत्रमा भ्रष्टाचार गरेको भन्दै आयोगमा उजुरी परेको हो । सापकोटाले बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको आपूर्ति केन्द्रमा पदिय दुरुपयोग गरि भ्रष्टाचार गरेको आरोप उनि माथि लाग्दै आएको छ ।
आपूर्ति व्यवस्थापन केन्द्रमा करोडौ रकम नीतिगत भ्रष्टाचार भएको बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयमा रिपोर्ट भए पनि मन्त्रालयले निर्देशक सापकोटालाई छानबिन गर्न नसकेको आरोप मन्त्रालयका सचिव सुमित्रा गौतम र मन्त्री किरण थापा मगरलाई लाग्दै आएको छ । मेडिकल सप्लायर्सहरुको संस्थाले आपूर्ति केन्द्रमा हुने गरेको भ्रष्टाचारको फेहरिस्ता मन्त्रालयलाई जानकारी गराएको भए पनि निर्देशक सापकोटाको बिषयमा मन्त्रालय मौन बसेको पाइएको हो । भ्रष्टाचारको अखडाको रुपमा स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्र बदनाम भए पछी आपूर्ति केन्द्रका इमान्दार कर्मचारीको समेत मनोवल गिरेको स्रोतको दावी रहेको छ ।
एउटा निर्देशकले यति धेरै सम्पति कसरि आर्जन गरे र उनको विलासी जीवनशैली एउटा इमान्दार कर्मचारीको हकमा संभव छ कि छैन राज्यले बुझ्नु पर्ने माग सहित उनि बिरुद्ध छानबिन हुनु पर्ने भन्दै उजुरी परेको हो ।
कमिसनको चक्करमा बागमती प्रदेशभित्र रहेका सरकारी अस्पताल जनस्वास्थ्य केन्द्र र आयुर्वेद अस्पताललाई चाहिने स्वास्थ्य उपकरण स्वास्थ्य उपकरण खरिद निश्चित व्यवसायीलाई दिनेगरी खरिद मापदण्ड बनाएको आरोप पनि सापकोटामाथि छ ।
त्यस्तै, केन्द्रबाट केही दिन पहिलेमात्रै एकै मितिमा ७ वटा टेण्डर आह्वान गर्दा पनि पनि ठूलो कमिसनको खेलमा आफू अनुकुल व्यवसायीले पाउने गरी मापदण्ड बनाएका थिए ।
प्याकेज ठेक्का प्रणाली अन्तरगत आह्वान गरिएको टेण्डरमध्ये एउटा सूचना बाँकी राखेर ६ वटा अगाडि बढाएका छन् । यसमा पनि कमिसनको खेल भएको भन्दै छानबिनको लागि उजुरीमा माग गरिएको छ । त्यसअघि सापकोटाले २०८० सालमा समेत प्रदेश अन्तरगत सरकारी अस्पतालमा प्रसुती सम्बन्धी परीक्षण गर्न पोटेबल ‘कन्भेक्स अल्ट्रासाउन्ड’ खरिद गर्दा पनि कमिसनको खेलमा स्पेकलक गरेका थिए । उक्त सामान खरिद प्रक्रियामा समेत सापकोटाले नीतिगत भ्रस्टाचार गरेको आरोप लागेको थियो । सापकोटा केहि विवादित टेन्डर भदौ २२ गते आवहान गरेर अमेरिका उडेका थिए भने अहिल उक्त टेन्डर सदर गर्न उनि कार्यालय आइसकेको स्रोतले बताएको छ ।
निर्देशक सापकोटाले गरेको नीतिगत भ्रस्टाचारको बिषय उठान गर्दै सरोकारवाला निकायले स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्र हेटौंडाको कार्यालमा ज्ञापन पत्र बुझाउने तयारि गरेको समेत बताइन्छ । सामाजिक क्षेत्रमा काम गर्न युवाहरुले ज्ञापन पत्र बुझाउने तयारीका साथ् निर्देशक सापकोटालाई समय माग गर्दा सापकोटाले टेलिफोन रिशिभ नगरेको गुनासो सामाजिक अभियान्ताले गरेका हुन् ।










प्रतिक्रिया