हेटौंडा औधोगिक क्षेत्रमा उत्पादन कारखाना रहेको बहुराष्ट्रिय कम्पनि एशियन पेन्टमा बिगत २५ बर्ष देखि कार्यरत स्थाई कर्मचारीलाई निष्काशन गरेको बिरोधमा जिल्लाका सबै ट्रेड युनियन संघ/ संगठनका जिल्ला तहका नेताको सामुहिक उपस्थितिमा उद्योग परिसरमा नारावाजी सहित आन्दोलन गरेका हुन् ।
बहुराष्ट्रिय कम्पनि एशियन पेन्टमा कार्यरत अर्जुन ढकाललाई उद्योग प्रशासनले बिना कारण निष्काशन गरेको भन्दै मजदुर आन्दोलित भएका हुन् ।
२०६५ साल बैसाख १ बहुराष्ट्रिय कम्पनि एशियन पेन्टमा स्थाई नियुक्ति पाएका ढकाललाई उद्योग प्रशासनले बिना कारण निष्काशन गरेको मजदुर संगठनले आरोप लगाएको छ ।
कर्मचारी निकालेको बिषयमा उद्योग प्रशासनका मानव श्रोत साधन विभागका बिक्रम कुमार संजेलले भने कम्पनीको रुल अनुसार छानबिन गरेर मात्र निष्काशन गरेको बताए ।
उद्योग प्रशासन श्रोतका अनुसार ढकालले मादक पदार्थ सेवन गरि कर्मचारी माथि हात पात गरेको आरोप लगाएको छ तर हात पात बाट कुटाई खाएका भनिएका कर्मचारीको मेडिकल रिपोर्टमा भने बाथरुममा लडेको बनाइएको छ उद्योग प्रशासनले फर्जी मेडिकल रिपोर्ट बनाएको आरोप प्रशासनलाई लागेको हो ।
बहुराष्ट्रिय कम्पनि एशियन पेन्टमा कार्यरत अर्जुन ढकाललाई बिना कारण निष्काशन गरे पछी श्रम तथा रोजगार कार्यालयले उद्योग प्रशासनलाई निष्काशन नगर्नु भन्ने दिएको आदेश समेतलाई अटेर गर्दै उद्योग प्रशासन अगाडी बढे पछी मजदुर आन्दोलित भएको अखिल नेपाल औधोगिक मजदुर संघ इकाई अध्यक्ष सन्तोष खड्काले बताउनु भयो ।
उद्योगले तत्काल अर्जुन ढकाललाई बहाली नगरे बहुराष्ट्रिय कम्पनि एशियन पेन्ट बन्द गर्ने चेतावनी मजदुर संगठनहरुले दिएका छन श्रमिक माथिको ज्यादतिको बिरुद्ध जुन सुकै आन्दोलन गर्न पनि मजदुर तयार रहेको मजदुर नेता रामशरण घिमिरेले बताए ।
यति बेला उद्योग प्रशासन पक्ष् र मजदुर संगठन बीच वार्ता भैरहेको छ वार्ताबाट समस्या समाधान नभए उद्योग बन्द गरेर आन्दोलन गर्ने तयारि भएको मजदुर संघ/ संगठनको तयारि रहेको छ ।










प्रतिक्रिया