हेटौंडाको प्रगति बिद्यालय बाट हराएका चार छात्रा भेटीए

विद्यालयबाट हराएका भेटीए

हेटौंडाको प्रगति बिद्यालय बाट हराएका चार छात्रा भेटीए

बिद्यालय प्रशासन भन्छ यस्तै भयो सानोगेट बाट निस्किएको थाहानै भएन

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
८ जेष्ठ २०८२, १०:०० बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
८ जेष्ठ २०८२, १०:००

अघोल्लो बर्षको एसईइ परिक्षामा जिल्ला प्रथम भएको हेटौंडा उपमहानगरपालिका ९ मा रहेको श्री प्रगति माध्यामिक बिद्यालयमा कक्षा ९ अध्यानरत ४ जना छात्रा सम्पर्क बिहिन भएको ९ घण्टा पछी इलाका प्रहरी कार्यालय मकवानपुरको सक्रियतामा सम्पर्कमा आएका छन ।

बिहान पढ्न बिद्यालय गएका विद्यार्थी विद्यालयबाटनै गायब भएका हुन् । बिद्यालय प्रशासनको लापरवाहीको कारण बिद्यालय हाता भित्र बाट ४ जना सम्पर्क बिहिन भए पछी अविभावक हरु पिडामा परेका थिए । हराएका ४ जना विद्यार्थीका अविभावकले बिद्यालय गएका आफ्ना छोरीहरु खोजिदिन बिद्यालय प्रशासन र प्रहरी प्रशासनमा अनुरोध गरे पछी इलाका प्रहरी कार्यालय पशुपतिनगरले खोजि कार्यलाई तिब्रता दिएको थियो ।

प्रहरीले सुरुमा हराएका ४ मध्ये एक जनालाई सम्पर्कमा ल्याउन सफल भएको थियो । उनै भेटिएका १ जनालाई प्रहरीले थप सोधपुछ गर्दा अन्य ३ जना हेटौंडा ४ कमलाडाँडा स्थित आफन्तको घरमा रहेको सुचना प्राप्त हुना साथ प्रहरी निरिक्षक बिमला कुमारी कठायत सहितको टोलिले अन्य तिन जनालाई समेत सम्पर्कमा ल्याउन सफल भएको हो । प्रगति माध्यमिक बिद्यालयमा अध्यानरत ४ जना छात्रा एका एक बिद्यालय परिसरबाट गायव भए पछी बिद्यालय प्रशासनको कमजोरी कति छ भन्ने कुरा प्रस्ट भएको छ ।

हराएर पुन भेटिएका विद्यार्थी किन बिद्यालय छोडेर भाग्नु पर्ने अवस्थामा पुगे भन्ने बिषय खुल्न नसकेको प्रहरी स्रोतले बताएको छ । बिद्यालय प्रशासनको कार्यसैली प्रति अविभावकले प्रश्न खडा गर्नु पर्ने अवस्था आएको स्थानीयले बताएका छन । बिद्यालय बाट ४ जना विद्यार्थी फरार भएको बिषयमा विद्यालयका प्रधानाध्यापक किशोर पराजुली संग बुज्दा उनि भन्छन बिद्यलायाको सानो गेट बाट बाहिरिएर भागेछन हामि भाग्नुको कारण बुज्दै छौ । प्रधानाध्यापक पराजुलीले बिद्यालयबाट विद्यार्थी बाहिरिएको स्वीकार गरे ।

अध्यान गर्न बिद्यालय पुगेका विद्यार्थी विद्यालयबाट भाग्नु पर्ने अवस्था आउनुमा बिद्यालय प्रशासन कमजोर भएको आरोप लागेको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लामिछाने सित् प्रतिक्रिया लिन टेलिफोन सम्पर्क गर्दा सम्पर्क हुन् सकेन ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस