वीरगञ्जमा कर्फ्यु लगाउने तयारी अवस्था तनावग्रस्त

विरगंजमा कर्फ्यु

वीरगञ्जमा कर्फ्यु लगाउने तयारी अवस्था तनावग्रस्त

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
३० चैत्र २०८१, ०६:४३ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
३० चैत्र २०८१, ०६:४३

हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा पर्साको छप्कैया चोकमा दुई समुदायबीच झडप हुँदा स्थिति तनाबग्रस्त बने पछी कर्फ्यु लगाउने तयारि गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।

कुन कुन स्थानमा कर्फ्यु लगाउने भनेर यति बेला सुरक्षा निकायको बैठक बसी रहेको छ । वीरगञ्जको अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाउने तयारी गरेको छ ।

वीरगञ्जको छपकैयामा स्थानीय समुदायबिच भएको झडप उग्र बने पछी झडप नियन्त्रण गर्न प्रहरीले केहि थान अश्रु ग्यास समेत प्रहार गरेको थियो । हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान हनुमानको जन्मजयन्तीको अवसरमा आज शनिबार वीरगञ्जमा शोभायात्रा निकालिएको थियो ।

उक्त क्रममा शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको हो । यस क्रममा दुवै समुदायबिच ढुंगा हानहान हुँदा केही घाइते भएका छन् ।

झडप पछी केही पसलहरूमा आगजनी समेत गरिएको छ । झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस