यौन सन्तुष्टि के हो कसरि लिन सकिन्छ

यौन सन्तुष्टि के हो कसरि लिन सकिन्छ

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२४ चैत्र २०८१, ११:३० बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२४ चैत्र २०८१, ११:३०

यौन सन्तुष्टिबारेको शिक्षाका आधारमा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउने सन्देश प्रभावकारी रूपमा फैलाउन सहयोगी हुने विश्व स्वास्थ्य सङ्गठन, डब्ल्यूएचओका अध्ययनकर्ताहरूले बताएका छन्।

उनीहरूको अध्ययनको निष्कर्षका अनुसार असुरक्षित यौन व्यवहार कति खतरापूर्ण हुन्छ भनेर गरिने सचेतना अभियानहरूले भन्दा यौन सन्तुष्टिका बारेमा सिकाउने कार्यक्रमहरूले कन्डमको प्रयोग बढाएको देखिएको छ।स्वास्थ्यको ख्याल गर्नका लागि मानिसहरूलाई डरको भन्दा आनन्दको सन्देशले बढी प्रेरित गर्ने उनीहरूको भनाइ छ।

सो अध्ययन प्रतिवेदनका एकजना लेखकले यौन व्यवहार एकैपटक सुरक्षित र आनन्ददायक दुवै हुनसक्ने बताएका छन्। उनले विश्वभर अरबौँ डलर रकम प्रत्येक वर्ष यौन र प्रजनन स्वास्थ्य र अधिकारसबन्धी सेवामा खर्च भैरहेपनि त्यस्ता धेरै कार्यक्रमले मानिसहरूले यौन सम्बन्ध किन राख्नछन् भन्ने आधारभूत कारणलाई नै सम्बोधन नगर्ने बताएका छन्। त्यस्तो कारण भनेको आानन्द अनुभव गर्नकालागि हो भन्ने उनीहरूको भनाइ छ।

सन् २००४ मा जनस्वास्थ्य विज्ञ एन फिल्पोटले डब्ल्यूएचओको टोलीसँग काम गरेको द प्लेजर प्रोजेक्ट सुरु गरेकी थिइन्। उनले ‘एड्सबारेका अनगिन्ती छलफलहरूमा कसैले पनि किन मानिस यौनप्रति आकर्षित हुन्छन् भन्ने कुरा नउठाएपछि दिक्क भएर’  सो प्रोजेक्ट सुरु गरेकी बताएकी छन्।

उनी भन्छिन्, ‘यौनका लागि सम्भवतः सबैभन्दा शक्तिशाली उत्प्रेरणा त्यसबाट प्राप्त हुन सक्ने आनन्द हो तर पनि यो कुरा यौन शिक्षा वा यौन स्वास्थ्यसम्बन्धी कार्यक्रममा चर्चा भएको देखिँदैन।’

‘यदि धेरै मानिसलाई तपाईँलाई दिइएको यौन शिक्षाले आफ्नो जोडीसँगको सम्बन्ध र यौन जीवन राम्रो बनाउन सहयोग गर्‍यो भनेर सोध्दा उनीहरूले छैन भन्छन्।’

‘यौन सुरक्षित हुन सक्छ र आनन्ददायक पनि हुन सक्छ। यो खुला संवाद गर्ने र मानिसहरूमा आत्मविश्वासको भावना जगाउने विषय हो ।

विश्वभर प्रत्येक दिन १० लाख यौन रोग सङ्क्रमणका घटना हुने गरेका छन्। तीमध्ये धेरै विनालक्षणका हुन्छन्। कन्डमको प्रयोगले ती सङ्क्रमण रोक्नुका साथै अनिच्छित गर्भधारण पनि रोक्न सघाउँछ। फिल्पोटले कन्डमलाई यौनका बेला डर, अन्योल र आशंका कम गर्न सघाउने आनन्ददायी साधनका रूपमा प्रचार गरेर बेचिनु पर्ने बताएकी छन् । डब्ल्यूएचओका अध्ययनकर्ताहरूले विभिन्न सुरक्षित यौनसम्बन्धी परियोजना र व्यवहार परिवर्तनमा तिनको प्रभावकारीताका बारे अध्ययन गरेर यस्तो निष्कर्ष निकालेका हुन् । उनीहरूले ३३ परियोजनाहरूले सुरक्षित यौनसम्बन्धी सन्देश फैलाउने क्रममा यौनानन्दलाई विचार गरेको र ती कन्डम प्रयोग बढाउनका लागि यौन रोग र जोखिम न्यूनीकरणका अन्य परियोजनाभन्दा सफल रहेको पाएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस