जाजरकोट केन्द्र बिन्दु भएर केहि समय अघि भूकम्प गएको छ ।
नेपाल भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर सात मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण जाजरकोटका नागरिक घर बाहिर निस्किएका छन ।
जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पबाट क्षति भए नभएको बारे थप जानकारी आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: २२ चैत्र २०८१, ०८:३६ बजे










प्रतिक्रिया