पछिल्लो समय मकवानपुर प्रहरीले लागुऔषध कारोवारमा संग्लघनलाई नियमित जस्तै पक्राउ गर्दै आइरहेको छ । मकवानपुर प्रहरीले चैत २१ गते राती १० बजेको समयमा लागुऔषध कारोवार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौडा मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं ७ घर भई नेपालचोक स्थित डेरा गरी बस्ने वर्ष ३४ को दिनेश गोले सोहि स्थान बस्ने वर्ष २८ को निरोज लामा र वर्ष ३३ को महमद मियाँलाई फेला पारी रितपुर्वक शरीर तथा कोठा समेतको खानतलासी गर्ने क्रममा निजहरुले लुकाई छिपाई राखिएको अवस्थामा २ ग्राम ५० मिलि ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र ११ बोतल लागूऔषध ONEREX फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले बताए।
प्रहरीले लागूऔषध सहित निजहरु दिनेश गोले, निरोज लामा र महमद मियाँलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागुऔषध खैरो हेरोईन समेत मुद्धामा ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको प्रवक्ता अर्यालले बताएका छन ।










प्रतिक्रिया