अब्दुल अजिजले हेर्न नभ्याइने कुलमानको मुद्धा चुडाल र पाण्डेयको इजलासमा

कुलमान घिसिङ

अब्दुल अजिजले हेर्न नभ्याइने कुलमानको मुद्धा चुडाल र पाण्डेयको इजलासमा

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१९ चैत्र २०८१, ०४:०८ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१९ चैत्र २०८१, ०४:०८

सरकारले समय अवधि अगावै बर्खास्त गरेका नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सरकारले नियुक्त गरेका नवनियुक्त हितेन्द्रदेव शाक्यका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

घिसिङ र शाक्यको रिटमा आइतबार पनि पेशी तोकिएको थियो । आइतवारको पेशीमा कुनै पनि सुनुवाई हुन सकेको थिएँ  तर, सुनुवाइ हुन सकेको थिएन । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको मंगलबारको इजलासमा दुवैका रिटमाथि सुनुवाइ चलिरहेको हो ।

सर्वोच्चले दुवै रिटलाई प्राथमिकता दिएको छ । चुडाल र पाण्डेयको इजलासले अन्य सबै मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा पठाएको छ । यो इजलासमा ४२ वटा मुद्दा पेशीमा रहेकामा सबै ४१ मुद्दालाई ‘हेर्न नभ्याइने’ सूचीमा पठाइएको छ ।

यसअघि गत शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दुवै रिटका पक्ष र विपक्षलाई छलफलका लागि अदालत बोलाउने आदेश गरेको थियो भने दुवै रिटका विपक्षीहरूसँग लिखित जवाफ मागेको थियो । कुलमान र हितेंद्रको मुद्धाको अन्तिम सुनुवाई आज हुने श्रोतको दावी रहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस