हेटौंडाको ‘भाटभटेनी सुपर मार्केट’बाट कुहिएको चामल बिक्री, प्रशासनले गर्दैन अनुगमन

हेटौंडाको ‘भाटभटेनी सुपर मार्केट’बाट कुहिएको चामल बिक्री, प्रशासनले गर्दैन अनुगमन

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१ फाल्गुन २०८१, ०१:३४ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१ फाल्गुन २०८१, ०१:३४

हेटौंडाको भाटभटेनी सुपर मार्केटमा कुहिएको चामल भेटिएको छ । भाटभटेनी हेटौंडाले कुहिएको चामल बेच्ने गरेको पाइएको हो ।

हेटौंडाका एक ग्राहकले बुधबार खरिद गरेको चामलको बोरा भित्र कुहिएको र डल्लो परेको चामल भेटिएको हो । के.एल. दुगर ग्रुपको आशिर्वाद ब्राण्डको जिरा मसिनो चामल भित्र अखाद्य वस्तु भेटिएपछी उक्त चामल फिर्ता गरिएको छ ।

२५ केजीको चामलको बोरा भित्र डल्लो परेको चामल र कुहिएको भेटिएपछी भाटभटेनीमा आउने ग्राहक आक्रोशित बनेका छन् । अखाद्य बस्तु बिक्रि गर्ने भाटभटेनी सुपर मार्केटलाई अनुगमन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिएको छ ।

यसअघि पनि भाटभटेनीबाट खरिद गरिएको चिनी, सोल्टी ब्रान्डको चामल, तेललगायतका सामग्रीमा अखाद्य बस्तु फेला परेको थियो ।

चिकित्सकका अनुसार कुहिएको चामलमा ढुसी पर्‍यो भने ‘माइकोटक्सिन’ नामक विषाक्त पदार्थ निस्कन्छ । ‘माइकोटक्सिन’ ढुसीले उत्पादन गर्ने एक अत्यन्तै विषालु रसायन हो । ‘एफ्लाटक्सिन’, ‘अक्राटक्सिन’ आदि विभिन्न खालका विषहरु ‘माइकोटक्सिन’ हुन् । यस किसिमका विषयुक्त खानेकुराको उपभोगबाट धेरैको ज्यान समेत जाने गर्छ ।

कुहिएको चामल बेच्ने हेटौंडाको भाटभटेनी सुपर मार्केटले पटक-पटक अखाद्य बस्तु बेच्ने गरेको भेटिएपनि स्थानीय प्रशासनले अनुगमन नगर्दा उपभोक्ता  समस्यामा पर्ने गरेका छन् । उपभोक्ता अधिकारकर्मी र स्थानीय प्रशासनले चाडपर्व लक्षित र नाम मात्रको अनुगमन गर्दा उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड हुने गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस