ओभरलोड बोक्ने ट्रीपर लाई मस्ती , ट्राफिक प्रहरीलाई टाउको घुमाउदैमा सास्ती

ओभरलोड बोक्ने ट्रीपर लाई मस्ती , ट्राफिक प्रहरीलाई टाउको घुमाउदैमा सास्ती

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२१ माघ २०८१, ०५:२० बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२१ माघ २०८१, ०५:२०

मकवानपुरमा तोकिएको तौलभन्दा बढी बोकेका ट्रिपरलाई कारवाही गर्ने ताकत भएको प्रहरी प्रशासन नहुँदा राजमार्गमा दैनिक जसो समस्या हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय मनहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको कार्यालय अगाडी बाटै अत्याधिक ओभरलोड बोकेका ट्रिपरलाई नियमन गर्न नसक्दा राजमार्ग प्रयोग गर्ने सवारी साधन र यात्रूले समेत दुख पाउने गरेको छ ।

मकवानपुरको राक्सिराङ वाट चुन ढुङ्गा बोकेर आउने  ट्रिपरहरुलाई ट्राफिक प्रहरीले कारवाही गर्नु पर्ने अवस्थामा उल्टै बाटो किल्यर गरिदिने गरेको पाइएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई स्थानीयले पटक पटक अत्याधिक भार बहन सवारी साधनको कारण यात्रामा समस्या भएको गुनासो गर्दा समेत ट्राफिक प्रहरीले नियमन गर्न आनाकानी गर्दै आएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर अगाडी ड्युटीमा बसेका ट्राफिक प्रहरीले अत्याधिक ओभर लोड बोकेर आएका ट्रीपर देख्ने बितिक्कै टाउको लुकाउने गरेको पाइएको छ । ड्युटीमा बसेका ट्राफिक प्रहरीले ट्रीपर रोक्न थाले कति बेला सरुवा वा हप्की खानु पर्ने डरले पनि कारवाही गर्न नसकिने प्रहरीको गुनासो रहेको छ ।

भारवहन क्षमताभन्दा बढी लोड ढुवानी गर्ने सवारीको हकमा पाँच सय रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको भए पनि ट्राफिक प्रहरीले कुनै पनि कारवाहीको प्रक्रियालाई अगाडी नबढाएको श्रोतको दाबि रहेको छ । हामीले पटक पटक ट्राफिक प्रहरीलाई अत्याधिक ओभरलोडको बिषयमा जानकारी गुनासो गरेको भए पनि प्रहरीले खासै चासो नदिने गरेको हेटौडा १ का शंकर अधिकारीले बताए । अत्याधिक ओभरलोड बोकेका ट्रीपरलाई जरिवाना सहित तोकिएको भन्दा बढी लोड खसाल्न लगाइनु पर्नेमा उल्टै ट्राफिक प्रहरीले नदेखे झैँ गर्ने गरेको अधिकारीले गुनासो गरेका छन   । प्रहरीले कारवाही गर्न हिम्मत नगरेका सबै ट्रिपर सिमेन्ट उद्योगका लागि खानीबाट चुनढुंगा ढुवानी गर्दै आएकाहरु हुन् । अत्याधिक ओभरलोड बोकेर आएका ट्रीपर चालकले सवारी चालक अनुमति पत्र र सवारीको आवश्यक कागज पत्र समेत नबोकी ट्राफिक नियमलाई बेवास्ता गर्दा समेत मकवानपुर ट्राफिकले कारवाही गर्न नसकेको श्रोतको दावी रहेको छ ।

खानीबाट चुनढुंगा ल्याउने ठेक्का नेपाली काँग्रेस बागमती प्रदेश सभापती समेत रहेका प्रदेश सभासद् इन्द्रबहादुर बानियाँ समेतको लगानी रहेको बानियाँ निर्माण सेवाले पाएको छ भने सोहि स्थान वाट अन्य धुवानिकर्ताले समेत ढुवानीको कार्य गर्दै आएका छन । राजनीति पहुँच भएकै कारण ट्राफिक प्रहरीले अत्याधिक भार बहान सवारी साधनलाई कारवाही गर्न नसकेको स्थानीयको आरोप रहेको छ । बानियाँ निर्माण सेवाको ट्रिपरले ट्राफिक नियम उल्लंघन गरेको, तोकिएको भारवहन क्षमताभन्दा बढी तौल बोकेको भन्दै चौतर्फी बिरोध हुँदै आएको भए पनि जिल्ला प्रशासन कार्यालय मकवानपुरले आवश्यक कारवाही गर्न र भार बहन गाडी नियन्त्रण गर्न आदेश गरेको भए पनि जिल्ला प्रहरी कार्यालय मकवानपुर जिल्ला ट्राफिक कार्यालय मकवानपुरले आवश्यक प्रक्रिया अगाडी बढाउँन सकेको छैन । ट्राफिक प्रहरीले नियमन गर्ने कार्यलाई चासो नदिए पछी ओभरलोड बोक्ने ट्रीपरहरुको राम राज्यनै भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस