हेटौंडामा रहेको केआईइसी (काठमाडौं इन्फोसिस एजुकेशन प्रा.लि) कन्सल्टेन्सी अबैध रुपमा संचालनमा रहेको पाइएको छ ।
हेटौंडा उपमहानगरपालिका-४ मा रहेको केआईइसी कन्सल्टेन्सीले गैरकानुनीरुपमा कन्सल्टेन्सी संचालन गर्दै विद्यार्थीबाट चर्को शुल्क उठाइरहेको पाइएको हो ।
सम्बन्धित निकायबाट स्वीकृति नै नलिई कन्सल्टेन्सीले विभिन्न भाषा शिक्षा तथा परामर्शको काम गरिरहेको पाईएको हो ।
अस्ट्रेलिया, युएसए, युके, क्यानाडा, जापान, साउथ कोरिया,न्युजिल्यान्ड, जर्मनी,फ्रान्स, आइसल्याण्डलगायतका भाषा शिक्षा तथा भिसा प्रक्रियाको कामसमेत कन्सल्टेन्सीले अबैध रुपमा गर्ने गरेको पाइएको छ ।
केआईइसीले सम्बन्धित काउन्सिलर नै नराखी काउन्सिलिङ गर्दै मोटो रकम असुली गर्ने गरेको, विद्यार्थीको राहधानीसमेत कन्सल्टेन्सीमै राखेर बैदेशिक शिक्षा तथा रोजगारका लागि भन्दै रकम असुल्ने गरेको छ ।
गैरकानुनीरुपमा सस्था संचालन गरी विद्यार्थीसंग मोटो रकम असुलिरहेको केआईइसलाई सम्बन्धित कुनै निकायले पनि अनुगमन गरी कारबाहीको दायरामा लाउन सकेको छैन ।
गैरकानुनी रुपमा विभिन्न देशको भाषा शिक्षा र मेनपावरको काम गर्ने यस कन्सल्टेन्सीमा अध्यापन गराउने शिक्षक र काउन्सीलर (परामर्शदाता) समेत सम्बन्धित निकायबाट तालिम प्राप्त नभएको र सम्बन्धित शैक्षिक प्रमाणपत्र नभएको व्यक्ति रहेको पाइएको छ । केआईइसीले पुर्व तयारी कक्षा र आएल्स/टोफेल्सलगायतका कक्षा संचालन गरिरहेको छ भने अनुमति भने कुनैमा लिएको छैन । केआईइसी हेटौंडाका संचालक अस्विन उप्रेतीले कन्सल्टेन्सी सामाजिक विकास मन्त्रालयमा दर्ता र अनुमतिपत्र नलिएको स्वीकार गरेका छन् ।
यसरी शिक्षाका नाममा गैरकानुनि कन्सल्टेन्सी संचालन गर्दै मेनपावर सम्मको काम गर्ने गरेको केआईइसीले विद्यार्थीबाट चर्को शुल्क उठाएर ठगि धन्दा चलाइरहेको छ नै, विद्यार्थीको भविस्यमाथिनै खेलवाड गर्दै आइरहेको छ ।
यसरी गैरकानुनी रुपमा संचालित कन्सल्टेन्सीले सयौं विद्यार्थीको भविष्य अन्योलमा पार्दा स्थानीय प्रशासनले भने कारबाहीको दायरामा ल्याउन सकेको छैन ।
यो पनि पढ्नुस ………










प्रतिक्रिया