हेटौडाको डान्सवार दोहोरि सांझ र स्पा सेन्टरमा खुलेआम देह ब्यापार

हेटौडाको डान्सवार दोहोरि सांझ र स्पा सेन्टरमा खुलेआम देह ब्यापार

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१० माघ २०८१, ०९:०३ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१० माघ २०८१, ०९:०३

रमेश बन्जारा हेटौडा 

बागमती प्रदेशको राजधानी समेत रहेको हेटौडा यति बेला देह ब्यपारको अखडानै बनेको छ । लागु औषध कारोवारिको हव बनेको हेटौडा यति बेला यौन ब्यापारको समेत क्रिडास्थल बनेको पाइएको हो । दिनभर सान्त रहने हेटौडा जब रात पर्छ त्यस पछी हेटौडामा संचालन भएका डान्सवार दोहोरि सांझ र स्पा सेन्टरहरुमा खुलम खुल्ला देह ब्यापारको मोल मोलाई हुने गरेको पाइएको हो ।

हेटौडामा खुलेआम देह व्यापार सञ्चालन हुने गरेको पाइएको छ । यहाँ सञ्चालित होटल, दोहोरी साँझ, डान्सबार तथा इस्पाहरूमा खुलेआम देह व्यापार चल्ने गरेको पाइएको छ । विशेषगरी रातिको समय मात्र सञ्चालनमा आउने डान्सबार तथा दोहोरी साँझहरूमा देह व्यापार चल्ने गरेको हो।

हेटौडा उपमहानगरपालिका १० स्थित दोहोरी साँझहरूमा र यहाँका डान्सबारहरूमा देह व्यापार हुने गरेको हो। १५ वर्ष उमेर समूह देखि माथिका युवतीहरू राखी दोहोरी साँझ, डान्सबार तथा होटल सञ्चालकहरुले देह व्यापार सञ्चालन गर्ने गरेका छन्। हेटौडामा डान्सबार तथा दोहोरी साँझ राति १० बजे पछाडि बन्द गर्नुपर्ने जिल्ला प्रशासनको आदेश र निर्णय विपरीत यहाँका डान्सबार तथा दोहोरी साँझहरू बिहान ४ बजेसम्म सञ्चालन हुने गरेका छन्।

डान्सबार तथा दोहोरी साँझहरूमा मनोरञ्जनको नाममा खुलेआम युवतीहरूको प्रयोग गरी देह व्यापार सञ्चालन हुने गरेको पाइएको छ। यस्तै हेटौडा १० बसपार्कमा रहेका केही होटल तथा लजहरूले पनि युवतीहरूलाई देह व्यापारमा लगाउने गरेका छन्। आफू जीविकोपार्जनका लागि हेटौडा बजारमा आएर दोहोरी साँझमा काम गरेको तर यहाँ देह व्यापारमा लाग्नुपर्ने बाध्यता भोग्नुपरेको एक युवतीले बताइन्।

त्यस्तै हेटौडा ४ मा रहेको एक डान्स बारमा काम गर्ने युवतीले समेत उस्तै गुनासो सुनाइन्। भनेको नमाने हाकिमले तलब नदिने र जागिरबाटै निकाल्ने धम्की समेत दिने गरेको उनीहरूको गुनासो छ। हेटौडा उपमहानगरपालिका १० मा अस्थाई प्रहरी पोस्ट रहेको भए पनि प्रहरीले स्थानीयले पटक पटक गुनासो गर्दा समेत खासै चासो दिने नगरेको गुनासो समेत स्थानीयले गर्ने गरेका छन । हो-हल्ला भयो झैझगडा भयो भनेर प्रहरीलाई खवर गर्दा प्रहरी लौरो बोकेर आउने गरेको र दोहोरि संचालकले भोड्का रमले स्वागत गरे पछी प्रहरीनै धन्यवाद भनेर फर्कने गरेको आरोप समेत स्थानीयले लगाउदै आएका छन ।

हेटौंडा १० बसपार्कमा आर आर एस थकाली भान्साघर एन्ड  दोहोरी हेटौंडाको कर्रामा लेवल अप लगायतका डान्सबारहरु रहेका छन् । हेटौंडामा खुलेआम देह व्यापार चलिरहँदा स्थानीय प्रशासन भने मौन बस्ने गरेको छ। जिल्ला प्रहरी कार्यालयको ५०० मिटर आसपासमै रहेको दोहोरी साँझ तथा डान्सबारहरूमा खुलेआम देह व्यापार भइरहँदा प्रहरीले भने होटल तथा डान्सबार सञ्चालकहरुलाई नै सहयोग गर्ने गरेको आरोप समेत लाग्ने गरेको छ। यहाँका डान्सबार तथा दोहोरी साँझहरू रातभर सञ्चालन हुँदा स्थानीयलाई समेत सधै तनाव हुने गरेको स्थानीयहरू बताउँछन् । रातभर होहल्ला गर्ने, झगडा गर्ने र अनैतिक क्रियाकलप हुने गरेकाले स्थानिय वासीलाई समेत असर पुगेको हेटौंडा १० का एक स्थानीयले गुनासो गरे ।

उता जिल्ला प्रशासन कार्यालयले भने यस विषयमा तत्काल अनुगमन गरी कारबाही जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकरी तीर्थराज चिलुवालले यस विषयमा अनुसन्धान गर्ने र तत्काल कारबाहीको दायरामा ल्याउने बताएका हुन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस