हेटौंडाका किसानलाई उपमहानगरपालिकाको पशुपंक्षी विकास कार्यक्रममार्फत एक करोड ४ लाख रुपिया लगानी

हेटौंडाका किसानलाई उपमहानगरपालिकाको पशुपंक्षी विकास कार्यक्रममार्फत एक करोड ४ लाख रुपिया लगानी

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१७ श्रावण २०७८, १०:३२ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१७ श्रावण २०७८, १०:३२

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले पशुपन्छी विकास कार्यक्रम अन्तरगत पशुपन्छीका क्षेत्रमा गएको आर्थिक वर्ष २०७७/७८ मा एक करोड ४ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । यस मध्यमा अधिकांश कार्यक्रम भने किसानलाई अनुदानका कार्यक्रम रहेका छन् ।

किसानका लागि विभिन्न खालका फरक फरक खालका काम गरेर किसानका पेसालाई टिकाउनका लागि सहयोग गर्ने उदेस्यले अनुदानका कार्यक्रम ल्याइएको छ । बिषेषगरी पशुपन्छी पालनमा युवा, एकल महिला, गरिब असहायहरुलाई आकर्षित गर्नका लागि पनि कार्यक्रम ल्याइएको मेयर हरिबहादुर महतले जानकारी दिए ।

मेयर महतका अनुसार उपमहानगरपालिकाका साविकका ११ वटा वडा भन्दा पनि पछी थपिएका ग्रामिण वडाका किसानलाई लक्षित गरेर पशुपालनको क्षेत्रमा सहयोग गरिएको हो ।

गएको आर्थिक वर्षमा बंगुर प्रवर्दन कार्यक्रम, महिला पशुपालन प्रोत्साहन कार्यक्रम, पशु घाँस आहार वितरण कार्यक्रम, एकल महिला, गरिब, असहाय पशुपालन प्रोत्साहन कार्यक्रम, ग्रामीण कुखुरा प्रबर्दन कार्यक्रम, पशुकृतिम गर्भाधान कार्यक्रम, युवा लक्षित पशुपालन कृषक अनुदान कार्यक्रम, औषधी खरिद तथा वितरण कार्यक्रम, समुह कृषकलाई पशुपन्छी तौल मेसिन वितरण कार्यक्रम, खोर सुधार अनुदान लगायतका कार्यक्रमका लागि किसानलाई सहयोग गरिएको उपमहानगरपालिकाका आर्थिक विकास महासाखाका प्रमुख गंगा चौलागाईंले जानकारी दिइन् । जनपत्र डटकमबाट

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस