कोरोना प्रभावित ऋणीलाई सहुलियत दिने राष्ट्र बैंकको घोषणा

कोरोना प्रभावित ऋणीलाई सहुलियत दिने राष्ट्र बैंकको घोषणा

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२० फाल्गुन २०७६, ०२:४२ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२० फाल्गुन २०७६, ०२:४२

नेपाल राष्ट्र बैंकले कोरोना भाइरस(कोभिड१९) कारण नेपालमा प्रभावित हुने क्षेत्रमा गएको ऋणमा सहजीकरण गरिदिने घोषणा गरेको छ।

चालु वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै बैंकले कोभिड १९ बाट प्रभावित हुने क्षेत्रको पहिचान गरी त्यस्ता क्षेत्रमा गएको कर्जालाई पुर्नसंरचना तथा पुर्नतालिकीकरण गर्न व्यवस्था गर्ने घोषणा गरेको छ।

‘कोरोना भाइरसको संक्रमणको कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्रहरु पहिचान गरी त्यस्ता क्षेत्रहरुमा प्रवाह भएको कर्जामा पुनरकर्जा सुविधा र पुनरसंरचना तथा पुनर्तलिकीकरणको व्यवस्थाहरुमा आवश्यकता अनुसार पुनरावलोकन गरिनेछ’ समिक्षामा उल्लेख गरिएको छ।

चीनको बुहानबाट फैलिएको कोभिड १९ बाट संसारभरको अर्थतन्त्र प्रभावित भएको छ। यसका लागि सरकारहरुले राहतको घोषणा गरेका छन्। आर्थिक क्षेत्रमा नेपालमा पहिलोपटक राष्ट्र बैंकले यस्तो घोषणा गरेको हो।

Source: setopati.com

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस