कोरोना भाइरसको डरले दीपिकाले रद्द गरिन् पेरिस फेसन विकको यात्रा

कोरोना भाइरसको डरले दीपिकाले रद्द गरिन् पेरिस फेसन विकको यात्रा

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२० फाल्गुन २०७६, ०२:२६ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२० फाल्गुन २०७६, ०२:२६

बलिउड नायिका दीपिका पादुकोण यस वर्ष पेरिस फेसन विकमा भाग लिन गएकी छैनन् । संसारभरी फैलिरहेको कोरोना भाइरसको खतरा हेर्दै उनले त्यहाँ जाने योजना रद्द गरेकी हुन् । उनी लक्जरी फेशन ब्रान्ड ‘लुई वितों’ को निमन्त्रणमा त्यहाँ जाने तयारीमा थिइन् । २४ फेब्रुअरीदेखि फ्रान्सको राजधानीमा सुरु भयो यो कार्यक्रम मार्च ३ सम्म चल्नेछ ।

सबारे जानकारी दिँदै दीपिकाका अधिकारिक प्रवक्ताले भने, ‘दीपिका पादुकोण फ्रान्समा चलिरहेको पेरिस फेशन विकको क्रममा लुई पितोंको एफडब्ल्यू२०२० शोमा भाग लिन त्यहाँ जाने योजनामा थिइन् तर कोरोना भाइरसको महामारी अब फ्रान्समा एक नयाँ चरणमा प्रवेश गरिरहेको छ, त्यसकारण उनले आफ्नो यात्रा रद्द गर्नुपरेको हो ।’
Source: baahrakhari.com

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस